कर्णालीको एक विद्यालयमा माछापुच्छ्रे बैंकद्वारा खानेपानी पूर्वाधार निर्माण

  वास खबर सम्वाददाता  729 पटक हेरिएको
🔗
37
Shares

सल्यान : माछापुच्छ्रे बैंक लिमिटेडले कर्णाली प्रदेशको सल्यान जिल्ला स्थित शारदा नगरपालिकाको वडा नं. १५, माल्नेटामा रहेको श्री त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण गरेको छ । खानेपानी अभावमा पठनपाठन गर्न समेत समस्या परिरहेको जानकारी पाए पछि बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत खानेपानीको पूर्वाधार निर्माण गरेको हो।

विद्यालयले ३ हजार ५ सय मिटर टाढा रहेको मुहानबाट अस्थायी रुपमा पानीको पाइप जडान गरी खानेपानीको व्यवस्था गर्दै आएकोमा खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाईप जलेर आपूर्ति बन्द हुने लगायत समस्या झेल्दै आएको थियो।

उक्त समस्यालाई मध्यनजर गर्दै बैंकले स्थायी रुपमा खानेपानी आपूर्तिका लागि मुहानमा ट्याङ्की निर्माण गरेको छ भने विद्यालय परिसरमा धाराको निर्माण गरेको छ । खानेपानीका पूर्वाधारहरु विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ। बैंकले झण्डै २ महिना समय लगाएर उक्त पूर्वाधारहरु निर्माण गरेको थियो ।

श्री त्रिभुवन जन माध्यमिक विद्यालयमा दुई सय ८९ जना विद्यार्थी अध्ययनरत छन् भने १८ जना शिक्षक/कर्मचारी कार्यरत छन् । खानेपानीको  पूर्वाधारबाट शिक्षक विद्यार्थी गरी ३ सय जना भन्दा बढी लाभान्वित भएका छन्।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार