पानीको अभावले गरिबी निम्त्याउँछ, पानीको संरक्षण गरौं : डा.शाह

  शिव श्रेष्ठ  1124 पटक हेरिएको
🔗
181
Shares

काठमाडौं : पूर्व विज्ञान प्रविधि तथा वातावरणमन्त्री डा. गणेश शाहले पानीको अभावले गरिबी निम्त्याउने र यसले घरायसी द्धन्द्ध समेत निम्त्याउने बताउनुभयो। उहाँले जहाँ पानीको पहुँच छैन त्यहाँ गरिवी आउने भएकाले पानीको महत्वलाई बुझेर संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो।

विश्व वातावरण दिवसको अवसरमा “हाम्रो भूमि, हाम्रो भविष्यः जल संरक्षण’’ विषय कार्यशालामा पूर्व मन्त्री शाहले पानीको थोपा थोपाको महत्व बुझेर पानीको संरक्षण गर्नुपर्ने बताउनुभयो। भोलिका दिनका लागि जल भण्डारण र सञ्चिती यसको संरक्षण गरौं भन्ने गोष्ठीको मुख्य उद्देश्य थियो ।

कार्यक्रममा आयोजक संस्था Environment Solution and Resource Centre (ESORCE) का अध्यक्ष पदमजा श्रेष्ठ प्रधानबाट विभिन्न संस्थावाट सहभागी प्रतिनिधि लगायत विद्यालय तथा कलेजका विद्यार्थीहरुलाई स्वागत मन्तव्य व्यक्त गर्नुभयो।

कार्यशालामा विविध क्षेत्रमा विशेषज्ञ हासिल गर्नु भएका अनुभवी अभ्यासकर्ताहरु, अनुसन्धानकर्ताहरु समावेश गरी प्यानल छलफल सेसन मार्फत जल संरक्षणमा देखा परेका नयाँ प्रवृत्तिहरु तथा प्रविधिहरु र चुनौतीहरुमा छलफल सञ्चालन भएको थियो ।

प्यानल छलफलमा नाष्टका वरिष्ठ बैज्ञानिक डा. टीष्टा प्रसाईवाट “Wastewater Treatment” सम्वन्धमा प्रस्तुतीकरण गर्नुभयो । त्यस्तै एकीकृत शहरी विकास केन्द्र (CIUD) का कार्यकारी निर्देशक सुर्दशन राजभण्डारीले “Necessity of Groundwater Recharge”वारेमा आफ्नो प्रस्तुतीकरण गर्नुभयो ।

एन्फो (ENPHO) का कार्यक्रम व्यवस्थापक केशव श्रेष्ठ बाट Reviving Dhuge Dhara: Conservation and Transformation of Traditional Water Sources बारेमा प्रकाश पार्नु भयो । Clean Development Consults Pvt. Ltd का कार्यक्रम निर्देशक सुदिप हाडाले Status and Application of Rainwater Harvesting प्रस्तुतीकरण गर्नुभएको थियो।


प्रस्तुतकर्ताहरुले जल संरक्षणमा केन्दित भएर महत्वपूर्ण वातावरणीय मुद्दााहरुबारे जागरुकता फैलाउन र कार्यान्वयन गर्न अति आवश्यक भैसकेको बताउनुभयो। पानीको अत्यधिक उपयोग, प्रदुषण र जलवायु परिवर्तनको कारणवाट यसले बढ्दो खतरा मोलिरहेको कार्यशालाका विज्ञहरुले बताएका थिए । ‘हामी यी चुनौतीहरुलाई सम्वोधन गर्न, ज्ञान साटासाट गर्न र कार्यान्वयनको प्रेरणा पाउन एकसाथ लाग्नुपर्दछ’ प्रस्तुतीकरणमा भनिएको थियो।

पानी जीवनको सार हो । यो हाम्रो परिस्थितिक, अर्थतन्त्र र समुदायलाई कायम राख्ने अमुल्य स्रोत हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार