दैनिक ७ लाख लिटर फोहोरपानी प्राकृतिक विधिबाटै प्रशोधन (भिडियो)

  वास खबर सम्वाददाता  860 पटक हेरिएको

हेटौडा : हेटौडा औद्योगिक क्षेत्रभित्र १ सय १६ वटा उद्योग छन् । ती सबै उद्योगबाट दैनिक ७ लाख लिटर फोहोरपानी निस्कन्छ । ती सबै फोहोरपानी प्राकृतिक तरिकाबाटै प्रशोधन गरिरहेको छ ।

यसका लागि हेटौडा औद्योगिक क्षेत्रभित्र फोहोरपानी प्रशोधन केन्द्र छ । यो प्रशोधन केन्द्र सन् २००३ मा डेनमार्क सरकारले ५४ करोड लागतमा निर्माण गरेको हो । सम्बन्धित उद्योगले पनि सामान्य प्रशोधन गरेर मात्र प्रशोधन केन्द्रमा फोहोरपानी पठाउँछन् । त्यसपछि प्रशोधन केन्द्रमा रहेको विभिन्न संरचनामा बग्दै बगाउँदै एउटा चक्र पूरा गरेपछि फोहोरपानी प्राकृतिक पानीमा परिणत हुन्छ ।

उद्योगहरुबाट निस्किने फोहोरपानी प्रशोधन गरेर जीव बाँच्न उपयुक्त हुने खालको पानी कर्रा खोलामा विसर्जन गरिरहेको छ । प्रशोधन सञ्चालनमा ल्याउनु भन्दा पहिले प्रशोधन नगरी सोझै खोलामा पठाउने गरिएको थियो ।

फोहोरपानी कसरी प्रशोधन गरिन्छ त ? यसबारे हामीलाई फोहोरपानी प्रशोधन केन्द्रका इन्जिनियर अशोक यादवले हरेक संरचनाले गर्ने कामका बारेमा बर्णन गरेर देखाउनु भएको छ । तपाई पनि हेर्नुहोस् यो भिडियो :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार