महिलाले बनाए ‘सेप्टिक ट्याङ्की’ (भिडियो)

  वास खबर सम्वाददाता  446 पटक हेरिएको
🔗
27
Shares

काठमाडौ : हामी कहाँ सेप्टिक ट्याङ्क भनेर बनाएका धेरै जसो संरचना सेप्टिक ट्याङ्क नभएर होल्डिङ ट्याङ्क मात्र रहेको अध्ययनले देखाएको छ । उपयुक्त किसिमको सेप्टिक ट्याङ्क नहुँदा भूमिगत पानीको स्रोत प्रदुषण हुने, त्यसैका कारण विभिन्न खानेपानीजन्य रोगहरु लाग्ने गरेका छन्।

सेप्टिक ट्याङ्कीबारे गलत बुझाइलाई चिर्न, सरकारी प्रावधानबारे बुझ्न, विद्यमान भण्डारण ट्याङ्कीको साइजबारे थाहा पाउन र अनावश्यक आर्थिक भार कटौती गर्न र भूमिगत पानीको प्रदुषण रोक्नका लागि पनि सेप्टिक ट्याङ्कीबारे बुझ्न आवश्यक छ ।

यही बिषयमा केही समय अघि पोखरा महानगरपालिका ३२, खुदीखोलामा डकर्मीहरुका लागि सेप्टिक ट्याङ्की सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो ।
अभिमुखीकरण कार्यक्रममा सेप्टिक ट्याङ्क दुई खण्डको निर्माण गर्नुपर्ने र सेप्टिक ट्याङ्कबाट निस्किने फोहोरपानीलाई सोकपिट मार्फत जमिनमुनि पठाउनुपर्ने तालिम प्रशिक्षक एवं वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का इन्जिनियर देवेन्द्र श्रेष्ठले बताउनुभयो।

अभिमुखीकरण कार्यक्रममा सेप्टिक ट्याङ्की सम्बन्धी सैद्धान्तिक छलफल पछि प्रयोगात्मक अभ्यास गर्नुपर्ने थियो । यसका लागि सेप्टिक ट्याङ्की निर्माण गर्न आवश्यक पर्ने पाइप तथा फिटिङ्स र गारो (वाल) को सट्टा विभिन्न आकारको काठ उपलब्ध गराएको थियो।

खुदीखोलाका महिलाहरु जरकजुरुक्क उठ्नुभयो । कसैले काठ ठड्याउने, कसैले मिलाउने त कसैले समाउने काम गर्नुभयो । कतिले ग्यास पाइप लगायत अन्य पाइपहरुको जोरजाम गर्नुभयो । केही बेरमै सेप्टिक ट्याङ्की बनाएर देखाउनुभयो । तपाई पनि हेर्नुहोस् महिलाहरुले बनाएको सेप्टिक ट्याङ्कीको नमुना ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार