बेला बित्नै लाग्दा नुवाकोटमा सरसफाइ सम्बन्धी कार्यक्रममा तिब्रता

नुवाकोट : सरकारले सरसफाइमा राखेको लक्ष्य पूरा गर्ने समयसीमा नजिकिदै जाँदा नुवाकोटमा सरसफाइ सम्बन्धी कार्यक्रमलाई तीब्र पारिएको छ । जिल्ला स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले गुणस्तर अनुगमन गर्नेदेखि गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गर्ने लगायतका कार्यक्रम तय गरेको छ ।


दश गाउँपालिका र २ नगरपालिकालाई यसअघि असोज ११ गतेभित्रै खुला दिसामुक्त घोषणा गरिसक्ने गरी नुवाकोटका वास एजेन्सीहरुले योजना बनाएका थिए ।

डिवाससीसीले भोलि देखि दिनहुँजसो सरसफाइ सम्बन्धीका कार्यक्रम तय गरेको खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति नुवाकोटका अध्यक्ष सन्तमान तामाङले जानकारी दिनुभयो ।

यी हुन् नुवाकोटका सरसफाइ सम्बन्धी कार्यक्रम

पुस ७ गते — सूर्यगढी र पञ्चकन्या गाउँपालिकाले RM WASH CC गठन र गुणस्तर अनुगमनका लागि कार्यतालिका बनाउने ।

पुस ९ गते — ककनी गाउँपालिकामा D WASH CC  का प्रमुख/प्रतिनिधि र क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयका निर्देशक सुदर्शन भण्डारी समेतको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गर्ने । ककनी गाउँपालिकाकालाई नुवाकोटमा सरसफाइका दृष्टिकोणबाट पछाडि परेको मानिन्छ ।

पुस १० गते — तारकेश्वर गाउँपालिकाको बुधसिङलाई खुलादिसामुक्त घोषणा गर्ने

पुस ११ गते — मेघाङ गाउँपालिकामा D WASH CC को गुणस्तर अनुगमन हुने 

पुस १२ गते — शिवपूरी गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गर्ने 

पुस २१ गते — तादी गाउँपालिकामा आन्तरिक अनुगमन गर्ने

यसका साथै विदुर नगरपालिकाका तीन वडाले गुणस्तर अनुगमनका लागि पत्र तयार गरिसकेको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जानकारी दिनुभयो ।

यस्तै वेलकोटगढी नगरपालिकाले पनि गुणस्तर अनुगमन टोली निर्माण गरी अनुगमन गर्न थालेको छ । गाउँपालिकाहरुले सकेसम्म गाउँपालिका नै खुला दिसामुक्त घोषणा गर्ने र साविकका कुनै गाविसमा तयारी नपुगेमा बाँकी गाविसलाई छाडी अरु गाविस (वडा) लाई घोषणा गर्ने तयारी समेत भएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार