फिल्डमै परिक्षण गर्न सकिन्छ, खानेपानीको ४ वटा पारामिती (भिडियो)

  वास खबर सम्वाददाता  804 पटक हेरिएको

काठमाडौ : खानेपानीमा भएको धमिलोपन, हाइड्रोजन विभव, विद्युतीय संवाहकता र क्लोरिनेसन गरिएको पानीमा क्लोरिन अवशेष जस्ता पारामिती फिल्डमै परिक्षण गर्न सकिन्छ । यी पारामितीहरु फिल्डमै कसरी परिक्षण गर्न सकिन्छ ? यसका लागि के कस्ता उपकरण आवश्यक पर्छ ? यसबारे प्रयोगात्मक रुपमा धमिलोपन, हाइड्रोजन विभव, विद्युतीय संवाहकता परिक्षण गरेर देखाउँदै हुनुहुन्छ, खानेपानी तथा ढल व्यवस्थापन विभागका केमिष्ट अनुराधा ज्ञवाली ।

यदि तपाई खानेपानीको ल्याब टेक्निसियन वा खानेपानीको मर्मत सम्भार कार्यकर्ता वा खानेपानीको नमुना संकलक हुनुहुन्छ भने तपाईको लागि यो भिडियो अति उपयोगी हुनसक्छ ।

हेर्नुहोस् यो भिडियो: 

राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ अनुसार पानीमा धमिलोपन (Turbidity) को मात्रा ५ एन.टि.यू. भन्दा कम हुनुपर्छ । यस्तै हाइड्रोजन विभव (pH) न्यूनतम ६.५ देखि अधिकतम ८.५ हुनुपर्छ । मापदण्ड अनुसार विद्युतीय संवाहकता (Electrical Conductivity) प्रति सेन्टिमिटर १५०० माइक्रोसिमेन्स हुनुपर्छ ।

क्लोरिनेसन गरेको पानीमा प्रति लिटर पानीमा न्यूनतम ०.१० देखि अधिकतम ०.५० मिलीग्राम क्लोरिन अवशेष हुनुपर्ने राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डमा उल्लेख छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार