
काठमाडौ : स्वास्थ्य स्वयंसेविकाहरूलाई खानेपानी, सरसफाइ र स्वच्छता (WASH) र हैजाबारे अभिमुखीकरण गरिएको छ। वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले Good Neighbors International को सहयोगमा सञ्चालित Enhancing Cholera Control in Nepal Project अन्तर्गत ललितपुर महानगरपालिकाको जनस्वास्थ्य शाखाको समन्वय र सहकार्यमा अभिमुखीकरण आयोजित गरिएको हो।
कार्यक्रममा सहभागी स्वयंसेविकाहरूलाई हैजाको रोकथाम, सरसफाइको महत्व र समुदायमा स्वच्छता कायम राख्नका लागि आवश्यक उपायहरूबारे प्रशिक्षण दिईएको थियो। २ चरणमा सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रममा महानगरपालिका भित्र हैजा देखिएका विभिन्न वडाहरूका स्वास्थ्य स्वयंसेविकाहरूलाई सहभागी गराइएको थियो।

पहिलो चरणमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का परियोजना संयोजक अनिल महर्जनले हैजाको लक्षण, कारण र उपचारबारे विस्तृत जानकारी गराउनु भयो। उक्त अवसरमा क्लोरिन झोल बनाउने र पानीमा क्लोरिन झोला मिसाउने तरिका प्रदर्शन गरिएको थियो । दोस्रो चरणमा परियोजनाका वास सहजकर्ता सिदिका शाहीले अभिमुखिकरण सत्र सञ्चालन गर्नु भएको थियो । २ चरणमा सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रममा ललितपुर महानगरपालिकाका विभिन्न वडाका ५६ जना महिला र स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो ।

स्वयंसेविकाहरूले समुदायमा हैजाको जोखिम कम गर्नका लागि सरसफाइ र स्वच्छता सम्बन्धी जनचेतना फैलाउने प्रतिबद्धता जनाएका छन्। ‘हामीले सिकेका ज्ञान र सीपहरूलाई समुदायमा लागू गरेर हैजाको जोखिम कम गर्न सक्छौं भन्ने लागेको छ’ कार्यक्रममा सहभागी स्वयंसेविकाले भन्नुभयो।
यो कार्यक्रमले महिला स्वयंसेविकाहरूलाई स्वास्थ्य सेवामा थप सशक्त बनाउने र समुदायमा स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । कार्यक्रमको अन्त्यमा ललितपुर महानगरलिकाको जनस्वास्थ्य शाखाका प्रतिनिधि गोपाल महर्जनले हैजाको रोकथाम र नियन्त्रणमा एन्फो संस्थाले पुर्याएको सहयोगको कदर गर्दै धन्यवाद व्यक्त गर्नुभयो।


461 पटक हेरिएको 

