स्वास्थ्यकर्मीहरुलाई पूर्ण सरसफाइ सम्बन्धी तालिम

  वास खबर सम्वाददाता  740 पटक हेरिएको
🔗
123
Shares


धादिङ : धादिङको ज्वालामूखी गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पूर्ण सरसफाइ सम्बन्धी २ दिनको तालिम दिईएको छ । शान्ति नेपाल र सामुदायिक रुपान्तरण समाज नेपालको आर्थिक तथा प्राविधिक सहयोग र ज्वालामूखी ग्रामीण खानेपानी सरसफाइ तथा स्वच्छता व्यवस्थाप बोर्डको आयोजनामा तालिम दिईएको हो।


ज्वालामूखी गाउँपालिकालाइ वि. सं. २०८२ भित्र पूर्ण सरसफाइको पहिलो चरण सफा तथा स्वच्छ गाउँपालिका घोषणाको चरण र एक घर एक मिटर सहितको धारा निर्माण गरी आम गाउँपालिकावासीलाइ सुरक्षित खानेपानीको व्यवस्थित सेवा उपलव्ध गराउने लक्ष्य राखेको छ ।

गाउँपालिकाले यही लक्ष्य अनुरुप खानेपानी तथा सरसफाइ स्वच्छता बोर्ड स्थापना गरी खानेपानी, सरसफाइ र स्वच्छता सेवालाई एकद्धार प्रणाली मार्फत सञ्चालन गर्दै आएको छ । गाउँपालिकाको यसै अभियानलाइ बोर्डले विभिन्न संघ संस्थाहरुसँगको समन्वय र सहकार्यमा समुदायमा सचेतनामूलक र सरोकारवालाहरुको क्षमता अभिवृद्धि लगायतका गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ ।


साउनको अन्तिम हप्ता वडा नं १ देखि ७ सम्म वडा स्तरमा सामुदायिक रुपान्तरण समाज नेपालको सहयोगमा महिला स्वास्थ्य स्वयं सेविकाहरुको लागि सफा तथा स्वच्छ गाउँमा आधारित सूचकहरुको वारेमा एक, एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो ।


गाउँपालिकाको महत्वपूर्ण लक्ष्य सफा र स्वच्छ गाउँ अभियानलाइ पूरा गर्न गाउँपालिका भित्रका शिक्षा, स्वास्थ्य, खानेपानी बोर्ड सहित अन्य सवै शाखा, निकाय तथा सम्बद्ध सबै सरोकारवालाहरु सक्रिय भएका छन् ।

ज्वालामूखी गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्यालको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको तालिममा गाउँपालिका लेखा शाखा प्रमुख, सामान्य प्रसाशन शाखा प्रमुख, स्वास्थ्य शाखा संयोजक, साझेदारी संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । तालिमलाई सरसफाइ र स्वच्छताका विज्ञ डा.कृष्णमान शाक्यले सहजीकरण गर्नुभएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार