खानेपानी मन्त्रालय र विभागमा खानेपानीमन्त्रीको छड्के अनुगमन, १३ जना कर्मचारी जानकारी बिनै अनुपस्थित

  वास खबर सम्वाददाता  591 पटक हेरिएको

काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले आज बुधबार खानेपानी मन्त्रालय तथा खानेपानी तथा ढल व्यवस्थापन विभागको छड्के अनुगमन गर्नुभएको छ। दशैं बिदा सकिए लगत्तै सरकारी कार्यालय खुलेको दुई दिन भइसक्दा समेत विभिन्न कार्यालयहरुमा कर्मचारीहरु अनुपस्थित रहेको गुनासो आएपछि मन्त्री यादवले छड्के अनुगमन गर्नुभएको हो।

अनुगमनका क्रममा खानेपानी मन्त्रालयमा ११ जना र खानेपानी तथा ढल व्यवस्थापन विभागमा दुई जना गरी १३ जना पूर्व जानकारी बिना नै अनुपस्थित भएको पाईएको खानेपानी मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिनुभयो। ‘मन्त्री ज्युले आज आकस्मिक छड्के जाँच गर्नुभएको थियो, सो क्रममा मन्त्रालय र विभागका गरी १३ जना पूर्व जानकारी बिना नै अनुपस्थित रहेको भेटिनु भएको छ उहाँले भन्नुभयो।

यसैगरी मन्त्री यादवले छड्के जाँचका क्रममा मन्त्रालय तथा विभागमा हाजिरी अवस्थामा भेटिएका कर्मचारीहरुसँग काम गर्दा हुने गरेका समस्याका विषयमा जानकारी समेत जानकारी लिनुभएको छ । उक्त छड्के अनुगमनका क्रममा मन्त्री यादवले काम गर्दाको समय होस् वा अन्य कुनै समयमा समस्या भएमा तत्काल आफूलाई जानकारी गराउन समेत कर्मचारीहरुलाई आग्रह गर्नुभयो।

कार्यालयमा बिना जानकारी अनुपस्थित रहेका कर्मचारीहरु सँग अनुपस्थित हुनुका कारण सोधिने सहसचिव पुरीले बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार