काठमाडौं : फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा काठमाडौं महानगरपालिका प्रमुख बालेन साह अनुपस्थित हुनु भएको छ। शहरी विकास मन्त्री प्रकाशमान सिंह सहितको बैठकमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन सहित प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालयका सचिवहरु सम्मिलित बैठकमा काठमाडौं महानगरबाट प्रमुख कार्यकारी सहभागी हुनुहुन्छ।
यसैगरी धादिङको धुनिबेंसी नगरपालिका प्रमुख र नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष पनि बैठकमा सहभागी हुनुहुन्छ।
बैठकमा हालसम्म भएका निर्णयहरुको समीक्षाका साथै बञ्चरेडाँडा ल्याण्डफिल साइटको हालको अवस्थाको बिषयमा छलफल र समाधानका उपायबारे छलफल गर्ने मुख्य एजेण्डा रहेको छ । यस्तै काठमाडौं उपत्यकाको फोहोरको दीर्घकालीन समस्या समाधानका लागि भावी कार्यदिशा समेत रहेको छ ।