वाटर एडको सहयोगमा बर्दियामा खानेपानी गुणस्तर परिक्षण तथा शुद्धिकरण प्रशिक्षण

  वास खबर सम्बाददाता  407 पटक हेरिएको


बर्दिया : बर्दिया जिल्लाका ५ वटा स्थानीय तहका वास फोकल पर्सन, विद्यालयका प्रधानाध्यापक र कार्यालय सहयोगीहरु, परियोजनाका प्राविधिक कर्मचारीहरुको लागि २ दिने खानेपानी गुणस्तर परिक्षण तथा शुद्धिकरण प्रशिक्षण बर्दियाको ठाकुरबाबामा सुरु भएको छ ।

वास गेन्स परियोजना सञ्चालित बर्दिया जिल्लाका गुलरिया, मधुबन, बारबर्दिया, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिका वास फोकल पर्सन, विद्यालयका प्रधानाध्यापक र कार्यालय सहयोगीहरु, खानेपानी सरसफाइ उपभोक्ता समितिका कर्मचारीहरु र परियोजनाका प्राविधिक कर्मचारीहरुलाई खानेपानी गुणस्तर परिक्षण तथा शुद्धिकरणको बारेमा ज्ञान सीप अभिबृद्धि गर्ने र विद्यालयमा स्वच्छ खानेपानीको सुनिश्चितता गर्न विद्यालयलाई जिम्मेवार बनाउने उदेश्यले प्रशिक्षण आयोजना गरिएको हो ।


Wateraid Nepal को आर्थिक सहयोगमा NFCC तथा NFDN को प्राविधिक सहकार्यमा बेस संस्था (व्याकवार्ड सोसाइटी एजुकेशन) द्वारा संचालित WASH GAINS  परियोजना अन्तर्गत खानेपानी गुणस्तर परिक्षण तथा शुद्धिकरण प्रशिक्षण सुरु भएको हो ।

तालिमको उदघाटन शत्रमा वाटर एड नेपाल, वासगेन्स परियोजनाका परियोजना व्यवस्थापक उमाशंकर यादवले नेपालको संविधान २०७२ को मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३५ (४) मा भएको व्यवस्थाबारे जानकारी गराउनुभयो । ‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने संविधानमै व्यवस्था छ । प्रशिक्षण पश्चात स्थानीय तहका वास फोकल पर्सन र विद्यालयका प्रधानाध्यापकहरुले विद्यालयहरुमा स्वच्छ खानेपानीको सुनिश्चितता गर्न अगुवाई गर्नुहुनेछ’ उहाँले सहभागीहरुलाई आग्रह गर्नु भयो ।


विद्यालयका सबै वालबालिका, शिक्षक शिक्षिकाहरुलाई समेत स्वच्छ खानेपानी र सरसफाइमा पहुँच पु¥याई विद्यालयमा सिकाईको वातावरण सिर्जना गरी गुणस्तरीय शिक्षा प्रदान गर्न योगदान पु¥याउने उद्देश्यले वाटर एड नेपालले स्थानीय सरकारसँग समन्वय, सहकार्य र साझेदारी गर्दै बर्दिया जिल्लाका ५ वटा स्थानीय तहका ३३ वटा विद्यालयमा वास गेन्स परियोजना सञ्चालन गर्दै आईरहेको छ ।

यसै गरी ठाकुरबाबा नगरपालिकाका शिक्षा शाखा प्रमुख सीता कुुमारी भण्डारीले वास गेन्स परियोजनाले विद्यालयमा खानेपानी सररसफाइ तथा स्वच्छताको अवस्थामा सुधार ल्याई गुणस्तरीय शिक्षाको लागि वातावरण सिर्जना गर्न एकदमै महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो । उहाँले तालिमले विद्यालय स्तरमा पानी परिक्षण गरी स्वच्छ खानेपानीको सुनिश्चतता गर्न महत्वपूर्ण योग्दान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रशिक्षणमा गुलरीया नगरपालिकाका बरिष्ठ योजना अधिकृत/वास फोकल पर्सन तथा निमित प्रमुख प्रशासकीय अधिकृत मुकुन्द अर्यालले गुणस्तरीय शिक्षाको लागि विद्यालयमा स्वच्छ खानेपानी, सरसफाइ तथा व्यवहार परिर्वतन अपरिहार्य रहेको र विद्यार्थीहरु मार्फत समुदायमा समेत परिवर्तन हुने तर्फ जोड दिदै वास गेन्स परियोजनाले विद्यालयका खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा उल्लेखनीय र उदाहरणीय कार्य गर्दै विद्यालयलाई ३ तारा बनाउन नगरपालिकालाई सहयोग पुगेको बताउनुभयो ।
नगरपालिकाले विद्यालय खानेपानी तथा सरसफाइ कार्यविधी बनाएर कार्यान्वयन गरिरहेको छ ।

प्रशिक्षणमा ५ वटै स्थानीय तहका वास फोकल पर्सन, १५ वटा विद्यालयहरुबाट प्रधानाध्यापक, कार्यालय सहयोगीहरु, मनरागढी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बारबर्दीया र खैरापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कर्मचारी र वास गेन्स परियोजनाका प्राविधिक कर्मचारी गरी ४६ जनाको सहभागिता रहेको छ ।

तालिममा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगञ्जका केमिस्ट गोपाल रेग्मी, कोहलपुर बृहतर शहरी खानेपानी उपभोक्ता संस्थाका ल्याब केमिस्ट दोर्ण प्रसाल आचार्य, एडभान्स वास मार्ट प्रा.लि.कोहलपुरका प्रबन्ध निर्देशक अभिशेक थापा, वाटर एडका प्राबिधिक अधिकृत रबिन्दर गोदार र बेस संस्थाका प्राबिधिक अधिकृत बसन्त प्रकाश यादवले सहजीकरण गरिरहनु भएको छ ।

कार्यक्रमको उद्घाटन सत्र बेस संस्थाका ठाकुरबाबा नगरपालिकाका नगर अध्यक्ष हरीराम चौधरीको अध्यक्षता र गुलरीया नगरपालिकाका बरिष्ठ योजना अधिकृत÷वास फोकल पर्सन तथा निमित प्रमुख प्रशासकीय अधिकृत मुकुन्द अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । खानेपानी गुणस्तर परिक्षण तथा शुद्धिकरण प्रशिक्षण कार्यक्रम आज सम्पन्न हुनेछ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार