इखा पोखरीमा आकाशेपानी संकलन हुने प्रणाली

  वास खबर सम्बाददाता  126 पटक हेरिएको

काठमाडौ : काठमाडौंको क्षेत्रपाटीमा रहेको ऐतिहासिक इखा पोखरीको पुनःनिर्माण भैरहेको छ । उक्त पोखरी पुनःनिर्माण आकाशे पानी संकलन हुने प्रणालीमा आधारित हुनेछ ।

पुनः निर्माणको काम ३ करोड ६४ लाख लागतमा करिब साढे ७ रोपनी क्षेत्रफलमा तयार हुँदैछ । उक्त परियोजनाको अवधि २०८२ माघ मसान्त सम्मको रहेको छ । पुनःनिर्माण हुने इखा पोखरीभित्र करिब ६ रोपनी क्षेत्रफलमा पानीको भाग हुनेछ । पानीको भाग भन्दा बाहिर वरिपरि २ मिटरको पैदल मार्ग हुनेछ ।

सार्वजनिक खरिद प्रक्रियाबाट छनोट भएको निर्माण व्यवसायीसँग यही माघ ११ गते सम्झौता गरिएको हो । इखा पोखरीको पुनःनिर्माण कार्यको हालै शिलान्यास गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार