स्वास्थ्य संस्थाजन्य फोहोरको सुरक्षित व्यवस्थापनका लागि अभिमुखीकरण

  जीवन सेजुवाल  384 पटक हेरिएको


कालिकोट : स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापनका लागि स्वास्थ्य संस्थाहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । छा-याँ नेपालले जिल्ला अस्पातल कालिकोटमा कार्यरत कर्मचारीहरुका लागि अस्पताल हाता भित्र उत्पादित फोहोर व्यवस्थापन गर्न एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो।

स्वास्थ्य संस्थामा असुरक्षित स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापनबाट उत्पन्न हुने जोखिम तथा फोहोरमैलाको उत्पादन देखि सुरक्षित प्रशोधन तथा विसर्जन प्रकृयाको क्षमता अभिवृद्धि गरी स्वास्थ्य सेवा केन्द्रको फोहोरमैला सुरक्षित व्यवस्थापन गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छा-याँ नेपालका कर्णाली प्रदेश प्रबन्धक मिन बहादुर रावलले जानकारी दिनुभयो।

कार्यक्रममा सहभागी खाँडाचक्र नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रबिन्द्र सेजुवालले जिल्ला अस्पातल भित्र उत्पादित फोहोर व्यवस्थापनका लागि नगरपालिकाले उक्त फोहोरलाई विर्सजन गर्ने स्थान सम्म ढुवानी व्यवस्थापनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएकाले अब अस्पातल हाता भित्रबाट उत्पादित फोहोर व्यवस्थापनका लागि ठुलो सहजता हुने बताउनुभयो।

स्वास्थ्य संस्थाबाट उत्पादित फोहोरमैला उचित स्थान र सही तरिकाले बिसर्जन गर्न नसक्दा मानवको स्वास्थ्यमा यसले ठुलो जोखिम निम्त्याउने भएकाले सबै भन्दा स्वास्थ्य संस्था तथा अस्पातलले आफना हाता भित्र बाट उत्पादित फोहोरमैला दिगो व्यवस्थापनका लागि सबैभन्दा बढी कर्मचारीहरुकै हात हुने भएकाले फोहोरमैला व्यवस्थापनमा कर्मचारीले अभिरुचि राख्नु पर्ने जिल्ला अस्पताल कालिकोटकी नर्सिङ अधिकृत बविता ठाकुरले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार