खानेपानी तथा सरसफाइ योजनाको सुचारुपना सम्मेलन २०८२ सम्पन्न

लेकबेशी नगरपालिकाको साझा घोषणा-पत्र जारी

  वास खबर सम्बाददाता  565 पटक हेरिएको
🔗
78
Shares

सुर्खेत  : लेकबेशी नगरपालिकाले आयोजना गरेको “खानेपानी तथा सरसफाइ योजनाको सुचारुपना सम्मेलन २०८२” सफलता पूर्वक सम्पन्न भएको छ। उक्त सम्मेलन हेल्भेटास नेपालको आर्थिक तथा प्राविधिक सहयोग र स्याक नेपालको सामाजिक सहजीकरणमा सम्पन्न भएको हो।

सम्मेलनमा नगरपालिकाभित्रका १० वटै वडामा सञ्चालित ४२ वटा खानेपानी योजनाका उपभोक्ता संस्थाका प्रमुख/प्रतिनिधिहरु, नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु, विषयगत शाखा प्रमुख/प्रतिनिधिहरु, संघीय तथा प्रदेश सरकारका सरोकारवाला निकायका प्रतिनिधिहरु तथा विकास साझेदार संस्थाका प्रमुख/प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

सम्मेलनबाट खानेपानी योजनाको सुचारुपनाका लागि साझा घोषणा-पत्र पारित गरिएको छ।

नौ बुँदे घोषणापत्र : 

 

कार्यक्रममा उपभोक्ता समितिहरूले आफ्ना सफल अभ्यास प्रस्तुत गरे, चुनौती र समाधानबारे छलफल गरियो र नगरपालिकाले खानेपानी योजनाको दिगो सञ्चालनका लागि लिने नीति तथा भावी कार्यदिशाका बारेमा विमर्श गरियो।

सम्मेलनको पहिलो दिनमा सञ्चालित योजनाको वर्तमान अवस्था विश्लेषण गरिँदै आगामी कार्ययोजना तयार गरिएको थियो।

नगर प्रमुख उमेश कुमार पौडेलले सम्मेलनमा सम्बोधन गर्दै आगामी दुई वर्षभित्र लेकबेशी नगरपालिकाका प्रत्येक घरमा ‘एक घर एक धारा’ पुर्‍याउने स्पष्ट लक्ष्य प्रस्तुत गर्नुभयो। नगर प्रमुख पौडेलले निम्न योजनाहरु प्रस्तुत गर्नुभयो

√ खानेपानी योजनाको मर्मतसंभार कोष तथा कार्यविधि निर्माण गर्ने

√  वास बोर्ड गठन गरी ‘एकद्वार प्रणाली’ लागू गर्ने

√  नगरपालिका तहमा खानेपानी तथा सरसफाइ इकाईको छुट्टै कार्यालय स्थापना गर्ने

√  गुनासो सुनुवाइका लागि जिम्मेवार अधिकारी तोक्ने र समस्याको समाधान गर्ने संयन्त्र निर्माण गर्ने

√  सामान्य प्रकृतिका समस्याहरु तीन दिनभित्र समाधान गर्ने गरी ‘वास एम्बुलेन्स’ सञ्चालन गर्ने

√  सुरक्षित पानीको पहुँच विस्तारतर्फ महत्वपूर्ण प्रगति

नगरपालिकाका ६ वटा खानेपानी योजनामा अटोमेटिक क्लोरिनेसन युनिट सञ्चालनमा ल्याइएको छ जसबाट ३,४०० धारामार्फत ४५५ भन्दा बढी जनसंख्यालाई सुरक्षित खानेपानी उपलब्ध गराइएको छ। अन्य योजनामा पनि प्रणालीगत क्लोरिनेसन सुरु भइसकेको छ।

निकट भविष्यमै :

√  पानी परीक्षण प्रयोगशाला स्थापना गर्ने

√  ‘मिटरसहित एक घर एक धारा’ नीति कार्यान्वयन गर्ने

√  स्वतःस्फूर्त रूपमा सञ्चालित योजनालाई दर्ता गरी व्यवस्थापन गर्ने

√  स्वच्छ वडा घोषणा गर्दै पूर्ण सरसफाइ युक्त नगरपालिका बनाउने लक्ष्य रहेको नगर प्रमुखले जानकारी दिनुभयो।

“हेलो धारा” परियोजना अन्तर्गत थप पहलहरू

हेल्भेटास नेपालको सहकार्य र स्याक नेपालको सहजिकरणमा सञ्चालित “हेलो धारा” परियोजना मार्फत खानेपानी उपभोक्ता समितिलाई त्रैमासिक फोन कल गरी योजना अद्यावधिक गर्ने, उपभोक्ता समिति क्षमता विकास गर्ने, उच्च सुचारुपना कायम गर्न प्रतिबद्ध समितिलाई प्रोत्साहन गर्ने कार्यहरू निरन्तर अघि बढाइनेछ।

नगर प्रमुख पौडेलले खानेपानी योजनाको दिगो व्यवस्थापन र समग्र नगरबासीको जीवनस्तर उकास्न नगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार