दक्षिण अफ्रिका : दक्षिण अफ्रिकाको राजधानी केपटाउनमा पानीको चरम समस्या भएपछि सरकारले शौचालयमा पानीको प्रयोग नगर्न अनुरोध गरेको छ । केपटाउनमा पानीको संकट बढ्दै गएपछि सरकारले शौचालयमा फ्ल्स बटम बन्द गर्न र निकै कम मात्रै पानी प्रयोग गर्न अनुरोध गरेको हो ।
केपटाउनमा अहिले प्रति व्यक्ति दैनिक ५० लिटर पानी दिइएको छ । पानी आउने मुहान पनि सुक्दै गएकाले अब केपटाउन पानीविहिन हुनसक्ने प्रान्तीय सरकार प्रमुख हेलेल जिलले चेतावनी दिएको विविसीले जनाएको छ ।
सरकारको यो आग्रह पछि केपटाउनका केही नागरिकले नुहाउन छाडेर कपडा चिसो बनाएर शरिर पुछ्ने गरेको र त्यही पानी शौचालयमा प्रयोग गरिरहेको विविसीले उल्लेख गरेको छ ।
अहिले दिइएको ५० लिटर पानी पनि बचाएमा संकटलाई केही कम गर्न सक्ने सरकार प्रमुख जिलले बताएका छन् । ३ बर्षयता केपटाउनमा निकै कम मात्रै पानी परेकाले पुरै शहर सुख्खा भएको छ ।


823 पटक हेरिएको 

