नगरव्यापी समावेशी सरसफाइ परियोजना सञ्चालन गर्न समझदारी

  वास खबर सम्बाददाता  468 पटक हेरिएको


काठमाडौ : देशका सात वटै प्रदेशका सात वटा नगरपालिकाहरुमा नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम कार्यान्वयनका लागि समझदारी भएको छ। काठमाडौ आयोजित नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार (नेपाल) कार्यक्रम सम्बन्धी कार्यशालामा कार्यक्रम कार्यान्वयनका लागि नेपाल नगरपालिका संघ, वाटर एड नेपाल र सम्बन्धित नगरपालिकाहरु बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा नेपाल नगरपालिका संघको तर्फबाट अध्यक्ष भीम प्रसाद ढुंगाना, वाटर एड नेपालको तर्फबाट सिनियर वास पोलिसी एडभाइजर गोविन्द श्रेष्ठ र सम्बन्धित नगरपालिकाका मेयरहरुले हस्ताक्षर गर्नुभएको छ । गेटस् फाउण्डेसनको वित्तिय व्यवस्थापनमा कार्यान्वयन हुने यस कार्यक्रमको यु.एन.ह्याबिटाट कार्यकारी निकाय हो ।


खानेपानी तथा ढल व्यवस्थापन विभाग, नेपाल नगरपालिका संघ, वाटर एड नेपाल, मिडिया हेल्पलाइन, वास खबर, नगरव्यापी समावेशी सरसफाइ एलायन्स कार्यक्रमको कार्यान्वयन र प्राविधिक साझेदारहरु हुन् ।

कार्यक्रम कार्यान्वयनका लागि यु.एन.ह्याबिटाट र सम्बन्धित साझेदारहरु बीच यस अघि नै सम्झौता भईसकेको छ ।

कार्यक्रम कार्यान्वयन हुने नगरपालिकाहरु

१. गोदावरी नगरपालिका, कैलाली सुदुरपश्चिम प्रदेश

२. शारदा नगरपालिका, सल्यान, कर्णाली प्रदेश

३. घोराही उपमहानगरपालिका, दाङ लुम्बिनी प्रदेश

४.गोरखा नगरपालिका, गोरखा, गण्डकी प्रदेश

५. ललितपुर महानगरपालिका, ललितपुर, वाग्मती प्रदेश

६. लहान नगरपालिका, सिरहा, मधेस प्रदेश

७. मेचीनगर नगरपालिका, झापा, कोशी प्रदेश


साझेदारहरुको भूमिका

नेपाल नगरपालिका संघले पालिकाहरुसँग सहजीकरण गर्नेछ भने वाटर एड नेपाल, नेपाल नगरपालिका संघ, खानेपानी मन्त्रालय/खानेपानी तथा ढल व्यवस्थापन विभाग र यु.एन.ह्याबिटाट सँगको समन्वयमा पालिकाहरुलाई निम्न प्राविधिक सहयोग गर्नेछ ।

√  नगरस्तरीय दिशाजन्य लेदो व्यवस्थापन सम्बन्धी कुनै एक (ऐन वा नियमावली वा कार्यविधि वा योजना वा नीति वा कार्यनीति)

√  दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी तथ्याङ्क संकलन गरी एन वासमा अद्यावधिक गर्ने ।

√  सरसफाइ सम्बन्धी कार्यसम्पादनका सूचक तथा मानकहरुको तथ्याङ्क वा अवस्था संकलन गरी एन वासमा अद्यावधिक गर्ने ।

√ पालिकामा दिसाजन्य लेदो प्रशोधन केन्द्रहरु भएको अवस्थामा तीन केन्द्रबाट प्रशोधन भई उत्सर्जित फोहोरपानीको तथ्याङक संकलन गरी एनवासमा अद्यावधिक गर्ने ।

√ पालिकामा दिसाजन्य लेदो प्रशोधन केन्द्रहरु भएको अवस्थामा ती केन्द्रहरुलाई व्यवसायिक योजना तयार गर्न वा अद्यावधिक गर्न सहयोग गर्ने ।

√ पालिकाहरुलाई नगरव्यापी समावेशी सरसफाइ तथा दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी विभिन्न अभिमुखीकरण तालिम तथा अन्य क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्ने ।

√ नेपाल नगरपालिका संघ ले सम्पूर्ण कार्यक्रमको अनुगमन, मूल्याङ्कन गरी आवश्यक सुझावहरु नगरपालिकालाई प्रदान गर्नेछ ।

सम्बन्धित नगरपालिकाको भूमिका तथा जिम्मेवारी

√  नगरपालिकाले नेपाल नगरपालिका संघ र परियोजना प्राविधिक साझेदार वाटर एड नेपालको प्राविधिक सहयोगमा तयार हुने नगरस्तरीय दिशाजन्य लेदो व्यवस्थापन सम्बन्धी कुनै एक (ऐन वा नियमावली वा कार्यविधि वा योजना वा नीति वा कार्यनीति) परियोजना अवधिभित्र पारित गर्ने ।

√ नगरस्तरीय दिशाजन्य लेदो व्यवस्थापनका लागि सरसफाइ नीति तथा योजना लागु गर्ने क्रममा सम्बन्धित नगरपालिकाले आफ्नो बार्षिक योजनामा कम्तीमा सरसफाइ अन्तर्गत १५ प्रतिशत बजेट दिशाजन्य लेदो व्यवस्थापनका लागि विनियोजन गर्नेछ।

√  नगरस्तरीय दिशाजन्य लेदो व्यवस्थापनका लागि सरसफाइ नीति तथा योजना लागु गर्न नगरपालिकाले आवश्यक भौतिक संरचना तथा जग्गा उपलब्ध गराउनछ ।

√  नगरपालिकाले नेपाल नगरपालिका संघ मार्फत आर्थिक सहयोगी निकाय तथा अन्य सरोकार निकायहरुले अनुगमन तथा निरिक्षण गर्दा आवश्यक सहयोग गर्नेछ ।

√ सम्बन्धित नगरपालिकाले यस परियोजना लागु गर्न आफ्नो कार्यालयमा वातावरण डेस्कको स्थापना गरी वातावरा (सरसफाइ) शाखासँग सम्बन्धित कर्मचारीलाई परियोजना फोकल पर्सन नियुक्त गरी सोको जानकारी नेपाल नगरपालिका संघ र परियोजना प्राविधिक साझेदार वाटर एड नेपाल, खानेपानी मन्त्रालय/खानेपानी तथा ढल व्यवस्थापन विभागलाई गर्नेछ।

√ सम्बन्धित पालिकाले परियोजना फोकल पर्सन मार्फत नेपाल नगरपालिका संघलाई प्रगति प्रतिवेदन तयार गर्न आवश्यक जानकारी, सूचना उपलब्ध गराउनुपर्नेछ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार