
कालिकोट : कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं. ८ लाई आज सफा तथा स्वच्छ (पूर्णसरसफाइ उन्मुख) क्षेत्र घोषणा गरिएको छ ।
वडा भरिका ५ सय २७ घरधुरीमै सफा तथा स्वच्छताका आधारभूत सूचकहरू पुरा गरी प्रयोगमा आएपछि गाउँपालिका स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समितिले अनुगमन गरी प्रमाणित गरेपछि वडा अध्यक्ष तथा वडा स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका संयोजक लाल बहादुर बिष्टको अध्यक्षता, जिल्ला समन्वय समितिका सदस्य धनसरी बिष्टको प्रमुख आतिथ्यमा सफा तथा स्वच्छ (पूर्णसरसफाइ उन्मुख) क्षेत्र घोषणा गरिएको हो।

कार्यक्रमका सबैजसो बक्ताहरूले कर्णाली प्रदेशमा गरिएका नमुनायोग्य कार्यहरुलाई दिगो बनाउन सबै स्थानीयबासी, जनप्रतिनिधि अन्य सरोकारवालाहरू सबै निरन्तर लागिपर्नुपर्नेमा जोड दिएका थिए । उक्त वार्डमा हेल्भेटास नेपालले स्थानीय सरकार सँगको सहलगानीमा खानेपानी तथा सरसफाइ क्षेत्रमा एक घर एक धारा अवधारणा अनुसार विगत लामो समयदेखि सहयोग गर्दै अइरहेको छ । घोषणा कार्यक्रमलाई आइएनएफ नेपाल र साहस नेपालले समेत सहयोग गरेको थियो ।

कार्यक्रममा हेल्भेटास नेपालका क्षमता विकास विज्ञ नीलकण्ठ पाण्डे र पालिका वास अधिकृत इञ्जिनियर चन्द्र प्रकास केसीस्था, नीय साझेदार संस्था हुरन्डेक कालिकोटका अध्यक्ष गौरी शाही र उपाध्यक्ष षडानन्द अधिकारी लगायत कर्मचारीहरु, निर्वाचित जनप्रतिनिधि, गाउँका बुद्धीजीवी शिक्षक, विद्यार्थी, स्वयंसेविका, आमा समूह र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू समेतको उपस्थिति थियो।



406 पटक हेरिएको 

