
बाँके : बाँके जिल्लामा सञ्चालन गरिएका ८२ वटा खानेपानी आयोजनामध्ये हालसम्म ३१ वटा आयोजना पूर्ण वा आंशिक रूपमा सञ्चालनमा आएका छन्। तीमध्ये धेरैजसो आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् भने केही आयोजनाबाट स्थानीय बासिन्दाले आंशिक सेवा पाउन थालिसकेका छन्।
खानेपानी तथा सरसफाइ कार्यालय बाँकेका निमित्त प्रमुख प्रकाशजङ्ग शाहका अनुसार, यी आयोजनाहरू लुम्बिनी प्रदेश सरकार तथा सङ्घीय सशर्त अनुदान मार्फत निर्माणाधीन छन्। उनका अनुसार, हाल सञ्चालनमा रहेका योजना अझै पूर्ण रूपमा सम्पन्न भइनसके पनि ती आयोजनाले आंशिक रूपमा खानेपानी सेवा पुर्याउन थालेका छन्।
‘जसमध्ये अधिकांश आयोजना आंशिक रूपमा सञ्चालनमा आएका छन्, ती योजना निर्माणकै क्रममा छन्,’ प्रमुख शाहले बताउनुभयो।
सञ्चालनमा आएका आयोजनाहरू
हाल सञ्चालनमा आएका ३१ वटा खानेपानी आयोजना निम्नानुसार छन्:
-
कचनापुर खानेपानी आयोजना
-
खजुरा २, ४, ७ खानेपानी आयोजना
-
पेडारी आयोजना
-
महादेवपुरी आयोजना
-
भम्पा आयोजना
-
राप्ती गौशाला आयोजना
-
कुमाल गाउँ आयोजना
-
शम्शेरगञ्ज आयोजना
-
राजपुर आयोजना
-
गाभर आयोजना
-
भवाननियापुर आयोजना
-
बिराट आयोजना
-
रझेना आयोजना
-
जयसपुर आयोजना
-
राधापुर आयोजना
-
सीतापुर आयोजना
-
बालापुर आयोजना
लगायत छन् । यी आयोजनाबाट बिस्तारै समुदायमा खानेपानी सेवा पुग्न थालेको छ।
निर्माणमा रहेका आयोजनाको अवस्था
इञ्जिनियर गोपाल शर्माका अनुसार, बाँके जिल्लामा अहिले लुम्बिनी प्रदेश सरकारबाट ४४ आयोजना र सङ्घीय सशर्त अनुदानबाट ३८ आयोजना, गरी जम्मा ८२ खानेपानी आयोजना निर्माणको क्रममा छन्।
गत आर्थिक वर्ष २०८१/८२ सम्ममा करीब २० हजार घरधुरीमा खानेपानीको धारा जडान भइसकेको कार्यालयले जानकारी दिएको छ।प्रदेश सरकारले आव २०७५/७६ देखि खानेपानी क्षेत्रमा प्रत्यक्ष संलग्नता जनाएपछि बाँकेमा खानेपानी आयोजनाको गति उल्लेखनीय रूपमा बढेको हो। यसले जिल्लाका बासिन्दाको जीवनस्तरमा सुधार आउने अपेक्षा गरिएको छ।


326 पटक हेरिएको 

