भक्तपुर : चाँगुनारायण नगरपालिकामा पूर्ण सरसफाइ रणनीतिक योजना तयार पार्न ५ सदस्यीय कार्य दल गठन गरिएको छ । नगरपालिका स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको पहिलो बैठकले रामेश्वर थापाको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको हो ।
बैठकले नगरपालिका स्तरमा भइरहेको सरसफाइ गतिविधिको अनुगमनका लागि नगरपालिकाका उप प्रमुख बीना बास्तोलाको अध्यक्षतामा ११ सदस्यीय अनुगमन समिति समेत गठन गरेको छ ।
चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रको अध्यक्षतामा बसेको बैठकले नगरपालिकाको सम्पूर्ण वडामा पूर्ण सरसफाइ सम्बन्धी गतिविधि सञ्चालन गर्नका लागि जिल्ला स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिमा अनुरोध गर्ने निर्णय समेत गरेको यु.एन हेविटाटका जिल्ला संयोजक पार्वती दंगालले जानकारी दिनुभयो ।


787 पटक हेरिएको 

