गृहिणीबाट WASH उद्यमी बनेकी पुनिता कुमारी दासको सफलताको यात्रा

  वास खबर सम्बाददाता  711 पटक हेरिएको

सिरहा : पुनिता कुमारी दास एक सामान्य मध्यम वर्गीय परिवारकी गृहिणी हुन्। सिरहा नगरपालिका–४ की पुनिता, जसले गृहिणीको भूमिकाबाट बाहिर निस्कँदै स्थानीय बजारमा ‘खुशी सर्फ’ को नामले चिनिने सफल घरेलु सरसफाइ उत्पादन सुरु गरेकी छन्।

दिनभर घरको कामकाजमै सीमित रहेकी पुनिताले स्वरोजगारको सपना देखे पनि आर्थिक, सीप र आत्मविश्वासको अभावले त्यो सम्भव हुन सकेको थिएन। तर, स्थानीय तहको सक्रियता र BMZ/ VCA र Welthungerhilfe WHH को सहकार्यमा सवल नेपाल द्वारा सञ्चालित ‘Up-Scaling WASH System Strengthening Approach in the Terai Region in Nepal’ परियोजनाले उनको जीवनमा नयाँ मोड ल्याएको छ।

सिरहा नगरपालिकाको सहकार्यमा सबल नेपाल द्वारा आयोजित तालिममा उनले फिनायल, हर्पिक, र सर्फ उत्पादन सम्बन्धी व्यावसायिक सीप हासिल गरिन् । यो तालीमले उनलाई आत्मनिर्भर हुने बाटो देखायो । यसपछि सबल नेपालले उनलाई रु. एक लाख तेईस हजार छ सय नब्बे बराबरको कच्चा पदार्थ सहयोग गर्‍यो जसबाट उनले सर्फ उत्पादन थालिन् ।

सर्फ उत्पादन सुरु गरेपछि पुनिताको व्यवसायले केही गति लिन थाल्यो । यद्दपी, उत्पादित वस्तुको प्याकेजिङ र्‍यापर अभावले गर्दा बजारमा प्रतिस्पर्धा गर्न कठिन भइरहेको थियो। गुणस्तरीय उत्पादन हुँदाहुँदै पनि आकर्षक ब्राण्डिङ नहुनु व्यवसायिक वृद्धि रोक्ने मुख्य बाधक बनिरहेको थियो ।

यस समस्यालाई सम्बोधन गर्दै श्रावण ११ गते सिराहा नगरपालिकामा आयोजित एक कार्यक्रममा  सबल नेपालले  ले पुनितालाई २०० किलो बराबरको सर्फ प्याकेजिङ र्‍यापर सहयोग गर्‍यो । सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मो. इदरिस रायन द्वारा उक्त विशेष कार्यक्रममा सहयोग हस्तान्तरण गरिएको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मो. इदरिस रायनले स्थानीय लघु तथा साना उद्यमीहरूको प्रवर्धन र सशक्तीकरणमा नगरपालिका सधैँ साथ रहने प्रतिबद्धता जनाउनुभयो। उहाँले “पुनिता दासजस्ता आत्मनिर्भर महिला उद्यमीहरू हाम्रो नगरको गौरव हुन्” भन्दै प्रशंसा गर्नुभयो ।

सोहि अबसरमा सबल नेपालका उद्यम विकास अधिकृत मिथिलेश झा ले कार्यक्रममा सहभागी  सबै नगरपालिका कर्मचारी लगायत स्थानीयहरुलाई “खुशी सर्फ” नै प्रयोग गर्न अनुरोध गर्दै स्थानीय उत्पादनलाई साथ दिन आग्रह गर्नुभयो। उहाँले स्थानीय अर्थतन्त्र सुदृढ गर्न र स्थानीय रोजगारी सिर्जना गर्न यस्ता व्यवसायहरू अत्यन्त महत्त्वपूर्ण भएको बताउनुभयो।

सहयोगको प्रभाव

यस सहयोगपछि पुनिताले आफ्ना उत्पादनहरूलाई खुशी सर्फ’ ब्राण्ड मा आकर्षक ढंगले बजारमा ल्याउन सक्षम भइन्। प्याकेजिङ र्‍यापरले उत्पादनको गुणस्तर, विश्वसनीयता, र ग्राहकको विश्वास बढायो। पुनिताको व्यवसायले अहिले स्थानीय बजारमा राम्रो छवि बनाएको छ र उनले आफ्नो आम्दानीसमेत बढाउन सफल भएकी छन्।

WASH प्रणालीमा सुधार ल्याउन पनि यो व्यवसायले ठुलो योगदान पुर्याएको छ। अब समुदायमा सस्तो मूल्यमा उपलब्ध ‘खुशी सर्फ’ ले सरसफाइ अपनाउने बानीलाई प्रवर्धन गरिरहेको छ । पुनिताको उत्पादनले हात धुने अभ्यास, कपडा सफा राख्ने, र सरसफाइको सामान स्थानीय स्तरमै उपलब्ध गराउने काम गरिरहेको छ ।

महिला सशक्तिकरण र सामाजिक रूपान्तरण

पुनिता दासको यो यात्रा महिला सशक्तिकरणको पनि उत्कृष्ट उदाहरण हो। सामाजिक र पारिवारिक दायराभित्र सीमित महिला जब सीप, समर्थन, र स्रोतको पहुँचमा आउँछिन्, तब उनी कसरी सफल उद्यमी बन्न सक्छिन् भन्ने यो प्रेरणादायी कथा हो।

उनको व्यवसायले न केवल स्वास्थ्य र सरसफाइ प्रवर्धन गरिरहेको छ, तर समुदायमा महिलाले पनि आर्थिक आत्मनिर्भरता हासिल गर्न सक्छन् भन्ने सन्देश दिएको छ।

‘खुशी सर्फ’ को सफलता केवल एक उद्यमीको व्यक्तिगत सफलताको कथा होइन। यो WASH प्रणाली सुदृढीकरण, स्थानीय उद्यम प्रवर्धन, महिला सशक्तिकरण, र सामाजिक रूपान्तरणको संयुक्त उदाहरण हो । यदि यस्ता कार्यक्रमहरू अझ व्यापक रुपमा विस्तार गरिए भने, हामीले समावेशी, सुरक्षित र स्वच्छ समाज निर्माण गर्न सक्नेछौं।

मधेश प्रदेशको सिरहा जिल्ला, जहाँ स्वच्छता र सरसफाइको अवस्था अझै सुधारको चरणमा छ, त्यहाँ ‘Up-Scaling WASH System Strengthening Approach in the Terai Region in Nepal’ परियोजना BMZ/ VCA र Welthungerhilfe WHH को सहकार्यमा सवल नेपाल द्वारा सञ्चालन भइरहेको छ। स्थानीय तहमा WASH प्रणाली सुदृढ गर्दै गुणस्तरीय सेवा प्रवाह, सामाजिक व्यवहार परिवर्तन र स्थानीय उत्पादन तथा नवप्रवर्तनलाई प्रवर्धन गर्नु यो परियोजनाको उद्देश्य  हो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार