स्वास्थ्य संस्थाको खानेपानी र सरसफाइको अवस्था सुधार गर्न ‘वास फिट’ तालिम

  वास खबर सम्बाददाता  636 पटक हेरिएको
🔗
118
Shares


कैलाली : स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ तथा स्वच्छता सुधार एवं स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापनका लागि प्रदेश स्तरीय ३ दिने तालिम धनगढीमा सम्पन्न भएको छ।

प्रदेश, जिल्ला,पालिका स्तरीय स्वास्थ्य सेवा प्रदायक सरोकारवालाहरु तथा स्वास्थ्य संस्थाका कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी स्वास्थ्य संस्थामा खानेपानी सरसफाइ तथा स्वच्छताको अवस्था सुधार गर्ने उद्देश्यले युनिसेफ नेपालको आर्थिक तथा छाँ-या नेपालको प्राविधिक सहयोग तथा प्रदेश स्वास्थ्य सेवा निर्देशनालय समन्वय सहकार्यमा ३ दिने तालिम सञ्चालन गरिएको हो।

स्वास्थ्य संस्थाको खानेपानी, सरसफाइ तथा स्वच्छता अवस्था सुधार गर्नका लागि जोखिममा आधारित व्यवस्थापकीय औजार वास फिट तालिमको सहजीकरण स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा, स्वास्थ्य तथा फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख आसुतोष श्रेष्ठले गर्नु भएको थियो ।

यसैगरी युनिसेफ नेपालका खानेपानी, सरसफाइ तथा स्वच्छता अरनिता मास्के तथा विज्ञ सिद्धि श्रेष्ठ, सामजिक विकास मन्त्रालयका सचिव डा.हेमराज रेग्मी, स्वास्थ्य सेवा निर्देशनालयका वास फोकल पर्सन हेमराज जोशी, जि.आई जेटका गेणश कार्की, टि.डि.एच.का प्रतिज्ञा श्रेष्ठ तथा प्रकाश बाहोरा लगायतले प्राथमिक सात वटा डोमिनहरु पानी, सरसफाइ, फोहोरमैला व्यवस्थापन, हातको स्वच्छता, वातावरणीय सरसफाइ, वातावरण र उर्जा,व्यवस्थापन र कार्यदल लगायत बिषयमा सहजीकरण गर्नुभएको थियो।

तालिमको दोस्रो दिन सहभागीहरुले सेती प्रादेशिक अस्पतालको स्थलगत अवस्था गराईएको थियो । वास फिट आवस्था मुल्याङ्कन गरिएका स्वास्थ्य संस्थाहरु बाजुरा जिल्ला अस्पताल, शिर्ष स्वास्थ्य चौकी डडेलधुरा,चादँनी स्वास्थ्य चौकी दोधारा चादँनी कनचनपुर र जिल्ला अस्पताल बाजुराको वास फिट स्कोरको समिक्षा गरि सोको आधारमा अभ्यास गरी सुधारका क्षेत्रहरुको पहिचान तथा वृद्दिशिल सुधार तयारी योजना गरेका थिए। साथै सहभागीहरुले आ आफ्नो तथा मातहतका स्वास्थ्य संस्थाको अवस्था सुधारका लागि छुट्टा छुट्टै कार्ययोजना तयारी गरेका छन्।

तालिमको समापन कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा निर्देशनालयका वास फोकलपर्सन हेमराज जोशीले स्वास्थ्य संस्थाको खानेपानी सरसफाइ तथा स्वच्छता अवस्था सुधारका लागि बजेट बिनियोजन गर्न पहल गर्ने तथा मातहतका निकायहरुलाई निर्देशन दिने प्रतिबद्धता गर्नु भएको छ ।

तालिममा स्वास्थ्य संस्थाका कर्मचारी, पालिका स्तरीय स्वास्थ्य संयोजक, सरसफाइ सम्पर्क व्यक्ति, स्वास्थ्य सेवा प्रदायक विकास साझेदारका प्रतिनिधिहरु, सामाजिक विकास मन्त्रालय तथा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका कर्मचारीहरु सहित ४३ जनाको सहभागिता थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार