एजेण्डा फर चेन्ज नेपालले बनायो पाँच बर्षे मार्ग चित्र

  वास खबर सम्बाददाता  321 पटक हेरिएको


ललितपुर : एजेण्डा फर चेन्ज नेपालले आगामी तीन बर्ष (सन् २०२५ -२०२८ ) को लागि मार्गचित्र (Road Map) निर्माण गरेको छ । एजेण्डा फर चेन्ज नेपाल च्याप्टरका सदस्य संस्थाहरु र सरकारका अधिकारीहरु समेतको सहभागितामा आगामी सन् २०३० सम्मको मार्गचित्र तयार पारेको हो ।

एजेण्डा फर चेन्ज नेपालले खानेपानी, सरसफाइ र स्वच्छता प्रणाली सुदृढीकरणका लागि विभिन्न पाथवे अन्तर्गत गरिने क्रियाकलापहरु समेटेर मार्गचित्र तयार गरिएको एजेण्डा फर चेन्ज नेपालका प्रमुख सीमा रजौरियाले जानकारी गराउनुभयो ।


एजेण्डा फर चेन्ज नेपालले संस्थागत सुदृढीकरण, वित्तीय व्यवस्था र सेवा प्रदायकका मोडेलहरू/व्यवस्था र पूर्वाधारहरुलाई आफ्नो पाथ वे मानेको छ ।

यसका लागि सदस्य संस्थाहरूको दक्षता/क्षमताको समेत नक्साङ्कन गरिएको थियो । साथै उक्त पाथवे अन्तर्गत रहेर आगामी दिनमा संघ, प्रदेश तथा स्थानीय तहमा गरिने क्रियाकलापहरुको समेत सूची तयार गरिएको प्रमुख रजौरियाले बताउनुभयो। यद्यपि अझै अन्तिम रुप दिन भने बाँकी रहेको छ ।

उहाँका अनुसार तीन बर्षे मार्गचित्रमा एजेण्डा फर चेन्ज नेपालको दृष्टिकोण, पाथवे (मार्गहरू), सामूहिक सञ्चार र वकालत, रणनीतिक साझेदारीहरू, सरकारी प्राथमिकतासँग मिलान, सदस्य संस्थाहरूको दक्षता, प्रणाली सुदृढीकरण र उप–क्षेत्रहरूमा संस्थागत दक्षता, सिकाइ र साझेदारी जस्ता बिषयहरु समेटिएको छ। यस्तै अनुगमन र स्वमूल्याङ्कन, स्रोतहरू र प्रतिवेदन जस्ता बिषयहरु पनि मार्ग चित्रमा समेटिएको छ ।


एजेन्डा फर चेन्ज (Agenda for Change) सन् २०१५ मे महिनामा स्थापना भएको हो । यो संस्था समान उद्देश्य र सोच भएका संस्थाहरू (सदस्यहरू) बीचको एक सहकार्य हो, जसले साझा सिद्धान्तहरू र दृष्टिकोणहरूलाई अंगीकार गर्दछ ।

एजेण्डा फर चेन्जले राष्ट्रिय र स्थानीय सरकारलाई सहयोग गर्दै दिगो विकास लक्ष्य ६ मा निर्दिष्ट गरिएका खानेपानी, सरसफाइ र स्वच्छता (WASH) प्रणाली सुदृढीकरणका लागि वकालत र समर्थन गर्ने काम गर्दछ ।

एजेण्डा फर चेन्जको मुख्यालय अमेरिकामा रहेको छ। विश्वका करिब २५ देशमा एजेण्डा फर चेन्जको स्थायी च्याप्टरहरु बनेका छन्।


एजेण्डा फर चेन्ज नेपालमा वाटर एड नेपाल, केयर नेपाल, अक्सफाम नेपाल, टीडिएच फाउण्डेसन, डब्लु. एच.एच., हेल्भेटास नेपाल, सीमावि, फेडवासन र वास खबर गरी ९ वटा संस्थाहरु आवद्ध छन् । यसको नेतृत्व वाटर एड नेपालका पैरवी प्रमुख सीमा रजौरियाले गरिरहनु भएको छ।

गोष्ठीका थप फोटोहरु :

फोटाहरु : पिताम्बर चौधरी


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार