नेपाल टेलिकम सार्वजनिक शौचालय बनाउँदै

काठमाडौ : देशकै ठूलो दुरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले काठमाडौको टेकु स्थित कालमोचनघाटमा सार्वजनिक शौचालय बनाइरहेको छ । टेलिकमले ‘स्वच्छ वातावरण निर्माणमा हाम्रो प्रयास’ अन्तर्गत बाग्मती सरसफाइ महाअभियानमा सहयोग गर्नुका साथै सार्वजनिक शौचालय निर्माण गरिरहेको जनाएको हो ।

 

टेलिकमको १४ औं बार्षिकोत्सवको उपलक्ष्यमा बोल्दै टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले ‘स्वच्छ वातावरण निर्माणमा हाम्रो प्रयास’ अन्तर्गत बर्षातमा विपदको समयमा प्रभावित क्षेत्रका बासिन्दालाइ विपद आउनु पूर्व निशुल्क SMS Alert लगायत तराईमा आएको बाढीको समयमा तीन दिन सम्पूर्ण कम्पनीका नेटवर्कमा निशुल्क SMS, सडक सचेतना र चुनावमा निशुल्क SMS गरी १० करोड भन्दा बढी SMS सेवा प्रदान गरेको जानकारी दिनुभयो ।

टेलिकमले सप्तरी तथा महोत्तरी जिल्लाको बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर तथा निशुल्क औषधी र SIM वितरण गरेको र भूकम्पबाट अति प्रभावित जिल्ला लगायत अन्य ६ जिल्लाका १र१ वटा सामुदायिक बिद्यालयहरुमा ICT Center स्थापना, कम्पनीको बार्षिकोत्सबको अबसरमा कम्पनीका क्षेत्रिय निर्देशनालय रहेका स्थानहरुको अञ्चल अस्पतालहरुमा कम्बल वितरण गरेको जानकारी गराउनुभयो ।

१४ वर्ष अघि स्थापना हुँदा ४ लाख २२ हजार मात्र रहेको कम्पनीको ग्राहक संख्या अहिले १ करोड ८५ लाख नाघिसकेको छ । कम्पनीले देशका ७७ जिल्ला र ७ वटै प्रदेशमा तार सहित र तार रहितका सेवाहरु तथा डाटा सेवा सञ्चालनमा ल्याएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार