नेपालमा प्रत्येक ५ जनामध्ये २ जनासँग सुरक्षित सरसफाइ सेवा छैन : डब्लुएचओ–युनिसेफ प्रतिवेदन

  वास खबर सम्बाददाता  552 पटक हेरिएको

काठमाडौं :  विश्व स्वास्थ्य संगठन (WHO) र संयुक्त राष्ट्रसंघीय बाल कोष (UNICEF) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनले नेपालमा प्रत्येक पाँच जनामध्ये दुई जनासँग अझै पनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको सरसफाइ सेवाको पहुँच नरहेको औल्याएको छ।

“Progress on Household Drinking Water and Sanitation 2000–2024: Special Focus on Inequalities” शीर्षकको यो प्रतिवेदन अगस्ट २६ तारिखमा स्वीडेनको स्टकहोममा सम्पन्न World Water Week का क्रममा सार्वजनिक गरिएको हो।

नेपालका लागि प्रस्तुत तथ्याङ्क संयुक्त अनुगमन कार्यक्रम (Joint Monitoring Programme – JMP) ले जनगणना २०२१, राष्ट्रिय जीविकोपार्जन सर्वेक्षण (NLSS) २०२२/२३, राष्ट्रिय जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (NDHS) २०२२ र शहरी नेपाल सरसफाइ संक्षेप २०२५ लगायतका राष्ट्रिय सर्वेक्षणका आधारमा तयार पारेको हो।

नेपालका प्रमुख तथ्याङ्क

  • प्रत्येक ५ जनामध्ये २ जनासँग सुरक्षित सरसफाइ सेवाको पहुँच छैन।

  • प्रत्येक ४ जनामध्ये १ जनासँग सुरक्षित रूपमा व्यवस्थापन गरिएको खानेपानी सेवा छैन।

  • प्रत्येक ३ जनामध्ये १ जनासँग आधारभूत हातधुने सुविधा छैन।

सन् २०३० भित्र लक्ष्य हासिल गर्न विश्वलाई आवश्यक तीव्रता

  • खानेपानीमा सार्वभौमिक पहुँचका लागि ३ गुणा बढी गति आवश्यक।

  • सुरक्षित सरसफाइ सेवामा ८ गुणा बढी गति आवश्यक।

  • खुला दिसामुक्ति अन्त्यका लागि हालको गति पर्याप्त।

  • आधारभूत सरसफाइ सेवामा ३ देखि ६ गुणासम्म तीव्रता आवश्यक।

  • आधारभूत हातधुने सुविधामा २ गुणा बढी गति आवश्यक।

प्रतिवेदनले सन् २०३० सम्म खानेपानी, सरसफाइ र स्वच्छतामा सबैको पहुँच सुनिश्चित गर्न विश्वले हालको भन्दा धेरै गुणा बढी प्रयास गर्नुपर्ने निष्कर्ष निकालेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार