
जुम्ला : खानेपानीकोले अभावले काकाकुल बनेको रारागाँउमा खानेपानी पुगेको छ। जुम्लाको तिला गाउँपालिका-१ रारागाँउमा ४३ वर्ष अघि बनेको दुम्कली खानेपानी आयोजनाको मुहान सुक्दै गएपछि गाउँमा खानेपानीले काकाकुल बनेको थियो।
अहिले रारा गाउँमा खानेपानी पुगेपछि स्थानीयहरुमा खुसीयाली छाएको छ। तिला -१ रारागाँउकी टिउकी रावतले रारा गाउँको ३ सय घरधुरी र सेरीका ३० वटा घरधुरी लगायत करिब ३ सय ३० घरधुरीमा चरम खानेपानीको अभाव झेलिरहेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘अब गाउँमा प्रयाप्त खानेपानी पुगेको छ। हामी खुसी छौँ । राम्रोसँग पानी खान पाइने भयो, पाँच घण्टासम्म धारामा लाइन लाग्न जानुपर्ने बाध्यता थियो। अब हट्यो।’
‘कयौं स्कूलले बालबालिकाले पानी भर्नकै लागि विद्यालय छुटाउँथे,’ बिहान र बेलुका आफ्नो गृहकार्य भन्दा पनि घरमा पानी छ कि छैन भन्ने पिरलो हुन्थ्यो। छुटकारा भयो,’ रावतले भन्नुभयो।
उहाँका अनुसार अहिले ६ सेकेण्डमा १० लिटर बराबर पानी आईरहेको छ। पानीको मुहान अभाव भएको रारागाउँमा पाईपलाईनबाट झण्डै २१ किमी पार गरेर तिला नदी पार गर्दै गाउँमा खानेपानी झर्न सफल भएको छ ।
पानीको मुहान नहुँदा गाउँमा खानेपानी ल्याउन कठिन थियो । यस गाउँको दशकौँदेखिको सपना बल्ल यस पटक पुरा भएको हो । धारा निर्माण बाँकी रहेपनि स्थानीय अहिले पाईपबाटै आएको पानी प्रयोग गर्न थालिसकेका छन्।
वडामा खानेपानीको मुल नहुदाँ तिला गाउँपालिका -९ को सुडि गाउँले खानेपानीको मुल दिए पछि गाउँपालिकाले खानेपानीको प्रस्ताब अगाडि बढाएको थियो।
जुम्लाका संघीय सांसद छिरिङ ल्हामु लामा तामाङले गाउँपालिकाको माग अनुसार राष्ट्रिय योजना आयोगबाट निरन्तर पहलमा रारा खानेपानी प्रथामिकतामा परेको हो ।
उहाँले राराको खानेपानीको विषय अन्य गाउँभन्दा भिन्न छ, योजना पर्दा पनि सफल हुन सकेको थिएन, तर यस पटक सफल भएको छ। सिंगो गाउँ खुसी छ। नागरिक दैनिकबाट।


237 पटक हेरिएको 

