नियन्त्रणमा आउन थाल्यो वीरगन्जमा फैलिएको हैजा

  वास खबर सम्बादाता  199 पटक हेरिएको

काठमाडौ : पर्साको बीरगन्ज महानगरपालिकामा फैलिएको हैजा बिस्तारै नियन्त्रणमा आउन थालेको छ। गत १८ घण्टामा एकैजना हैजा संक्रमित थपिएका छैनन् ।

तथ्यांक अनुसार शनिबार बिहान ५ बजेसम्ममा वीरगन्ज महानगरमा १ सय ९२ हैजा संक्रमितको संख्या पुगेकामा तीमध्ये १ सय ७५ उपचारपछि घर फर्किएका छन् । १७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

१८ घण्टाको अवधिमा महानगरका विभिन्न अस्पतालमा झाडापखालाका २१ बिरामी मात्र सम्पर्कमा आएका छन् ।

महागनर कार्यालयले शनिबार बिहान १० बजे सार्वजनिक गरेको तथ्यांक अनुसार महागनर क्षेत्रमा हैजा संक्रमितको संख्या १ सय ९२ रहेको छ । शनिबार साँझ ५ बजे पनि १ सय ९२ नै थियो ।

पोखरियामा पनि १४ भन्दा बढी संक्रमित थपिएका छैनन् । नारायणी अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहले पूर्वअनुमान गरिएजस्तै हैजा संक्रमण बिस्तारै न्यून हुँदै गएको बताउनुभयो।

१८ घण्टामा एउटा पनि नयाँ संक्रमित नथपिनुले पनि यस्तै संकेत गरेको उहाँले बताउनुभयो। तुलनात्मक रुपमा झाडापखालाका नयाँ बिरामीको संख्या पनि दैनिक कम हुँदै गएकाले अबको केही दिनमा झाडापखाला र हैजा दुवैका बिरामी थपिने दर पनि करिब बन्द हुने उहाँको भनाइ छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार