लहानका युवा सरसफाइमा जुटे

  वास खबर सम्बाददाता  244 पटक हेरिएको

लहान : जेन–जी पुस्ताका युवाहरुले आन्दोलन थालेको ठाउँबाट शनिबार विहानदेखि सरसफाइमा जुटेका छन् । लहानको मुख्यचोक इलाका प्रहरी कार्यालयको अगाडि सडकमा टायर बालेर आन्दोलन थालेको ठाउँबाट सरसफाइमा जुटेका हुन ।

लहानको मुख्य चोकमा सरसफाइ थालेका युवाहरुले सरकार गठनको प्रक्रिया अघि बढिसकेको र आन्दोलनरत जेन–जी पुस्ताको माग पूरा हुने भएकाले रचनात्मक कार्यमा लाग्ने हरिदेव चौधरीले बताउनुभयो । ‘‘अब युवाहरु सरकारलाई सहयोग गर्ने कार्यमा जुटेको अभियान हो’’ उहाँले भन्नुभयो ।

यता लहान नगरपालिकाको कार्यालयमा बसेर काम गर्ने अवस्था नरेहेको प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाको कार्यालयमा भएको आगजानी र तोडफोडबाट एक करोडभन्दा बढी मूल्यको कम्प्युटर फर्निचर जलेर नष्ट भएको छ ।

क्षतिको विवरण सङकलनको कार्य भइरहेको उहाँले बताउनुभयो । लहानको आन्तरिक राजस्व कार्यालय, यातायात व्यवस्था कार्यालय र नापी शाखामा पनि त्यही अवस्था रहेको छ । विभिन्न कार्यालयबाट जेन–जी आन्दोलनको नाउमा मौकाको फाइदा उठाउनेहरुले कार्यालयको कम्प्युटर र लहान –१ स्थित खाद्य वयवस्था कम्पनी लिमिटेडको गोदाम तोडेर मोटरसाइकल सिटिरिक्सामा समेत चामल लोड गरेर लगेका व्यक्तिहरुले सात दिनभित्र लगेका समान फिर्ता गर्न जिल्ला प्रशासन कार्यालय सिरहाले सार्वजनिक सूचना जारी गरेको छ ।

लुटेर लगेका चिनी, चामल र विभिन्न सामानहरु, ल्यावटप र कम्प्युटर फिर्ता नगरे सुरक्षित प्रमाणको आधारमा पक्राउ गरिने प्रमुख जिलला अधिकारी बसन्त अधिकारीले बताउनुभयो । गोरखापत्रले प्रकाशन गरेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार