
काठमाडौं : जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको आगजनी तथा तोडफोडका कारण छरपष्ट रहेको फोहोर तथा अस्तव्यस्त संरचनाको शिवम् सिमेन्टले सरसफाइ गरेको छ ।
कम्पनीले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग समन्वय गर्दै तोडफोडका कारण सिर्जित असुविधा र अस्तव्यस्त संरचना व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय सरसफाइ गर्नुका साथै दैनिक कार्य सञ्चालन सहज बनाउन आवश्यक फर्निचर समेत सहयोग गरेको हो ।
कम्पनीका अनुसार वर्तमान विषम परिस्थितिमा आवश्यक सहयोग र श्रमदान प्रदान गर्दै आगामी दिनमा समेत निरन्तर श्रमदान तथा सरसफाइ कार्यक्रम सञ्चालन गरिने छ ।
शिवम् सिमेन्टले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समुदाय र सहर व्यवस्थित र सफा बनाउन योगदान दिन प्रतिबद्ध रहेको जनाएको छ । वर्तमान परिस्थितिमा समुदाय र सहर पुनर्निर्माणका लागि सहयोग र श्रमदान गर्नु आफ्नो कर्तव्य भएको कम्पनीको भनाइ छ ।


203 पटक हेरिएको 

