भेरी नगरपालिकाद्वारा शान्ति चौतारामा सरसफाइ, जथाभावी फोहोर नफाल्न चेतावनी बोर्ड स्थापना

  वास खबर सम्बाददाता  501 पटक हेरिएको
🔗
27
Shares

सरसफाइ अघि र पछाडिको अवस्था

जाजरकोट : भेरी नगरपालिकाको आयोजनामा जिल्ला सदरमुकाम शान्ति चौतारा बसपार्क क्षेत्रमा शुक्रबार सरसफाइ गरिएको छ। सरसफाइ अभियन्ताहरुले शान्ति चौतारा बसपार्क क्षेत्रमा थुपारिएको फोहोरलाई सरसफाइ गरी फोहोरमुक्त बनाएका छन् ।

शान्ति चौतारामा “फोहर फाल्न सक्त मनाही छ” भन्ने चेतावनी बोर्ड स्थापना गरिएको छ। सो बोर्ड मार्फत फोहर फाल्ने व्यक्तिलाई प्रत्येक पटक रु। ५,००० जरिवाना गरिने जानकारी नगरपालिकाले दिएको छ।

जथाभावी फोहोर नफाल्न राखिएको चेतावनी बोर्ड

जथाभावी रूपमा फालिँदै आएका फोहरको उचित व्यवस्थापन गर्न र सरसफाइमा सबैको सक्रिय सहभागिता सुनिश्चित गर्न कार्यक्रममा आह्वान गरिएको थियो।

भेरी नगरपालिकाले यस किसिमका सरसफाइ अभियानहरू निरन्तर रूपमा सञ्चालन गर्दै स्वस्थ र स्वच्छ नगर निर्माणमा योगदान पुर्‍याउने वास फोकल पर्सन दिपक वलीले प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै कार्यक्रमका क्रममा सार्वजनिक स्थानमा फोहर नफाल्न र नगर क्षेत्रलाई सफा राख्न सबैलाई अनुरोध गरिएको थियो।

सरसफाइमा सक्रिय सहभागी हुना आह्वान गरिदै

कार्यक्रम सबैका लागि दिगो खानेपानी तथा सरसफाइ आयोजना (सुस्वा) को सहजीकरणमा सञ्चालन गरिएको हो। सरसफाइ अभियानमा नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरूले रचनात्मक रूपमा सहभागिता जनाएका थिए।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार