उड प्रदर्शनीमा खानेपानी तथा सरसफाइ क्षेत्रको स्टल पनि (फोटो फिचर)

काठमाडौ : काठमाडौको भृकुटीमण्डपमा आजदेखि शुरु भएको नेपाल बिल्डकन र उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०७४ मा खानेपानी तथा सरसफाइ सँग सम्बन्धित स्टल पनि राखिएको छ ।

  

निर्माण क्षेत्रको विकासमा टेवा पु-याउने उद्देश्यले शुरु भएको चौथो अन्तर्राष्ट्रिय प्रदर्शनीमा राखिएका २२० भन्दा बढी निर्माण कम्पनी र काष्ठकला सँग सम्बन्धित डिलर तथा डिस्ट्रिव्यूटर्स मध्ये केही खानेपानी तथा सरसफाइ सँग सम्बन्धित स्टल समेत राखिएका छन् ।

 

आइतबार सम्म चल्ने प्रदर्शनीमा खानेपानी सँग सम्बन्धित जिआई पाइप, युपिभीसी पाइप तथा स्टील धारा र सजावटका सामग्री राखिएका छन् ।

 

 

यस्तै खानेपानी प्रशोधन गर्ने विभिन्न प्रविधिका साथै फिल्टरहरु समेत राखिएका छन् । त्यस्ता फिल्टरहरु कम्तीमा घण्टाको ८ लिटर देखि १२ सय लिटर पानी शुद्धीकरण गर्न सक्ने सम्मका प्युरिफायर मेसिनहरु राखिएका छन् ।

 

यसका साथै विकास निर्माणका लागि आवश्यक डोजर, ट्रिपर लगायत घर निर्माण र सजावट सँग सम्बन्धित उउत्पादनहरु छन् । प्रदर्शनीको उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापाले उदघाटन गर्नुभयो । यहाँले प्रदर्शनीले नेपालको आर्थिक विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार