
नगरकोट : राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र (NWSSRICDC) नगरकोटमा नगरव्यापी समावेशी सरसफाइ (CWIS) अवधारणा सम्बन्धी तीन दिने प्रशिक्षण भैरहेको छ ।
नगरव्यापी समावेशी सरसफाइ प्रणालीको बिषयमा बुझाई स्पष्ट बनाउन र समुदायस्तरमा नगरव्यापी समावेशी सरसफाइ सेवाका लागि आवश्यक आधार तयार पार्ने उद्देश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।
देशभरका विभिन्न नगरपालिकाबाट ३४ जनाको सहभागितामा रहेको प्रशिक्षण कार्यक्रममा स्थानीय तहमा समावेशी, पहुँचयोग्य तथा दिगो सरसफाइ सेवाको प्रवर्द्धनका लागि आवश्यक सीप, ज्ञान र व्यावहारिक सीप प्रदान गर्नेछ।

वातावरण र जनस्वास्थ्य संस्था (ENPHO) र राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र (NWSSRICDC) को संयुक्त आयोजनामा भैरहेको प्रशिक्षण कार्यक्रम भोलि मंगलबार सकिदैछ ।



405 पटक हेरिएको 

