
कालिकोट : कालिकोटको रास्कोट नगरपालिकाका दुई सामदायिक विद्यालयलाई पहुँचयुक्त शौचालय निर्माण गरी हस्तान्तरण भएको छ ।
रास्कोटको सुन्दर आधारभूत विद्यालय र मालिका आधारभूत विद्यालयलाई सुविधा सम्पन्न तीन कोठे पहुँचयुक्त, लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय हस्तान्तरण गरिएको हो ।
विभिन्न दातृ निकायको सहयोगमा विद्यालयमा शौचालय निर्माण गरिएको हो । नव निर्मित पहुँचयुक्त शौचालय लैङ्गिक तथा अपाङ्गतामैत्री, हातधुने धारा सहितको खानेपानी र महिनावारी आराम कक्षसमेत छन् ।


202 पटक हेरिएको 

