घोराहीको मानव मलमूत्र प्रशोधन केन्द्र निर्माण स्थलको संयुक्त अनुगमन

  वास खबर समाचारदाता  252 पटक हेरिएको

घोराही : ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम (नेपाल)’ सञ्चालित नगरपालिकाहरुको अनुगमनमा रहेको यु.एन.ह्याबिटाटको टोलीले घोराही उपमहानगरपालिकामा मानव मलमूत्र प्रशोधन केन्द्र निर्माण हुन लागेको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको अवलोकन गरिएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन कार्यालय नेपालगञ्जका प्रमुख ई. देवेन्द्रकुमार झा, घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, UN-Habitat का प्राविधिक अधिकृत राजेश मानन्धर, सहसंयोजक भिन्तुना श्रेष्ठ, वाटर एड नेपालका वरिष्ठ नीति तथा पैरवी अधिकृत गोविन्द श्रेष्ठ लगायतले संयुक्त अनुगमन गरिएको हो।

खानेपानी तथा ढल व्यवस्थापन कार्यालय नेपालगन्जको लगानीमा घोराही उपमहानगरपालिका –१३ स्थित एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रमा मानव मलमूत्र प्रशोधन केन्द्र निर्माण गर्न लागिएको हो ।

६८ विगाह १२ कट्ठामा फैलिएको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रमा उपमहानगरपालिकाले हाल ठोस फोहोरमैला तथा मानव मलमूत्रको व्यवस्थापन गर्दै आएको छ ।
घोराही उपमहानगरपालिकाको वडा नं. १३ मा निर्माण हुन लागेको मानव मलमूत्र प्रशोधन केन्द्रको सञ्चालन, मर्मत सम्भार र व्यवस्थापनका लागि आजै घोराही उपमहानगरपालिका र खानेपानी तथा ढल व्यवस्थापन कार्यालय नेपालगन्ज बीच समझदारी भएको छ ।

UN-Habitat प्राविधिक अधिकृत राजेश मानन्धर, सहसंयोजक भिन्तुना श्रेष्ठ, वाटर एड नेपालका वरिष्ठ नीति तथा पैरवी अधिकृत गोविन्द श्रेष्ठ  ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम (नेपाल)’ सञ्चालित नगरपालिकाहरुको अनुगमन भ्रमणमा हुनुहुन्छ ।

वाटर एड नेपाल, नेपाल नगरपालिका संघ, खानेपानी मन्त्रालय र खानेपानी तथा ढल व्यवस्थापन विभागको समन्वयमा घोराही उपमहानगरपालिका सहित देशभरिका सात वटा नगरपालिकामा ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम (नेपाल)’ सञ्चालन भैरहेको छ ।

कार्यक्रम सञ्चालित नगरपालिकामा नगरस्तरीय मानव मलमूत्र व्यवस्थापन सम्बन्धी कानुनी औजारहरु निर्माण गर्ने, मानव मलमूत्र व्यवस्थापन सम्बन्धी तथ्याङ्क संकलन तथा सुदृढीकरण गरी एन वासमा अद्यावधिक गर्ने, नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी क्षमता विकास गर्न विभिन्न तालिमहरु सञ्चालन गर्ने र संस्थागत प्रारुप तयार गर्ने लगायत प्राविधिक सहयोगका कामहरु भैरहेको UN-Habitat का प्राविधिक अधिकृत राजेश मानन्धरले बताउनुभयो।

गेट्स फाउण्डेसनको वित्तिय व्यवस्थापनमा सञ्चालित ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम (नेपाल)’ कार्यक्रमको UN-Habitat कार्यकारी निकाय हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार