दैलेख : जंगलमै खाने, जंगलमै बस्ने, प्रायः ठाउँ परिवर्तन गर्दै हिड्ने फिरन्ते जिन्दगी बिताउँदै आएका राउटे समुदायले पहिलो पटक साबुन पानीले हात धोएका छन् ।
दैलेखको सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी, राउटे समुदाय बस्दै आएको दैलेखको भैरवी गाउँपालिकाको वडा नं. २ को जंगलमै पुगेर हात धुन सिकाएको हो ।

राउटेलाई साबुन पानीले हात धुन सिकाउन जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापा, निमित्त जिल्ला समन्वय अधिकारी पदम सापकोटा लगायत ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, एभरेष्ट क्लब दैलेख र स्थानीय विकास कोषको टोली राउटे बस्तीमा पुगेको थियो ।


848 पटक हेरिएको 

