एजेण्डा फर चेन्ज नेपालका ३ वटा दस्तावेज विमोचन

  वास खबर सम्बाददाता  436 पटक हेरिएको
🔗
31
Shares


काठमाडौं : एजेण्डा फर चेन्ज नेपालका तीन वटा दस्तावेजको विमोचन गरिएको छ । एजेण्डा फर चेन्ज (A4c) नेपालले आयोजना गरेको वास प्रणाली सुदृढीकरण (WASH System Strengthening) सम्बन्धी राष्ट्रिय कार्यशालामा खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठ, राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रका कार्यकारी निर्देशक ई. राम कुमार श्रेष्ठ, वेल्ट हंगर हिल्फे (WHH) का कन्ट्री डाइरेक्टर  शाकेभ नबी (Shakeb Nabi), वाटर एड नेपालका कन्ट्री डाइरेक्टर सुदर्शन न्यौपाने, अक्सफाम नेपालका कन्ट्री डाइरेक्टर तृप्ती राई, नेपाल गाउँपालिका महासंघका कार्यक्रम संयोजक इन्दिरा अधिकारी लगायत संघसंस्थाका प्रमुखहरुले संयुक्त रुपमा ती दस्तावेजको विमोचन गरिएको हो ।

विमोचित दस्तावेजहरु : 

1. Roadmap: Agenda for Change, Nepal Country Collaboration

(The roadmap is a living document that guides collective strategic direction and joint initiatives of A4C collaboration in Nepal)

2. WASH System Strengthening 

(An implemeritation guide for local government)

3. WASH System Strengthening TRAINING MANUAL

वास प्रणाली सुदृढीकरण (WASH System Strengthening) तालिम म्यानुअलको पनि तीन भाग छन् जुन निम्न छन् ।

Part A – Theory Book – Foundational Knowledge and Reference Materials for Sessions 1-12

Part B – Session Flow Manual – 9 Building Blocks

Part C – WASH System Strengthening Training Manual-Trainers Notes

राष्ट्रिय कार्यशालामा वेल्ट हङ्गर हिल्फे (WHH) का वास एक्स्पर्ट विजु डंगोलले वास प्रणाली सुदृढीकरण तालिमको म्यानुअलका बारेमा प्रस्तुतीकरण गर्नुभयो।

यस्तै अक्सफाम नेपालका एन्जिल अधिकारीले WASH System Strengthening स्थानीय सरकारका लागि कार्यान्वयन निर्देशिकाका बिषयमा प्रस्तुतीकरण गर्नुभयो।

कार्यशालामा सहभागी विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुले वास प्रणाली सुदृढीकरण सम्बन्धी दस्तावेजहरुका बिषयमा प्रश्न राखेका थिए । धेरैजसो सहभागीले वास प्रणाली सुदृढीकरणका ९ वटा आधारस्तम्भहरुका बारेमा प्रश्न राखेका थिए ।

कार्यक्रममा वाटर एड नेपालका पैरवी प्रमुख सीमा रजौरियाले एजेण्डा फर चेन्जको पाँच बर्षे मार्गचित्र (Road Map) र यसले लिएका उद्देश्यहरुको बारेमा प्रकाश पार्नुभयो ।

कार्यक्रममा एजेण्डा फर चेन्ज नेपालका सदस्य संस्थाका प्रमुख तथा प्रतिनिधीहरुका साथै खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता थियो।

एजेन्डा फर चेन्ज (Agenda for Change) सन् २०१५ मे महिनामा स्थापना भएको हो । यो संस्था समान उद्देश्य र सोच भएका संस्थाहरू (सदस्यहरू) बीचको एक सहकार्य हो, जसले साझा सिद्धान्तहरू र दृष्टिकोणहरूलाई अंगीकार गर्दछ ।

एजेण्डा फर चेन्जले राष्ट्रिय र स्थानीय सरकारलाई सहयोग गर्दै दिगो विकास लक्ष्य ६ मा निर्दिष्ट गरिएका खानेपानी, सरसफाइ र स्वच्छता (WASH) प्रणाली सुदृढीकरणका लागि वकालत र समर्थन गर्ने काम गर्दछ ।

एजेण्डा फर चेन्जको मुख्यालय अमेरिकामा रहेको छ। विश्वका करिब २५ देशमा एजेण्डा फर चेन्जको स्थायी च्याप्टरहरु बनेका छन्। एजेण्डा फर चेन्ज नेपालमा वाटर एड नेपाल, केयर नेपाल, अक्सफाम नेपाल, टीडिएच फाउण्डेसन, डब्लु. एच.एच., हेल्भेटास नेपाल, सीमावि, फेडवासन र वास खबर गरी ९ वटा संस्थाहरु आवद्ध छन् । यसको नेतृत्व वाटर एड नेपालले गरिरहेको छ। यसको प्रमुख Wateraid Nepal का पैरवी प्रमुख सीमा रजौरिया हुनुहुन्छ


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार