शौचालय नहुँदा किशोरी बलात्कृत

सिरहा : घरमा शौचालय नहुँदा पिसाब गर्न गएकी किशोरी बलात्कृत भएकी छिन् । सिरहाको गोलबजार नगरपालिका – ९ की १४ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा प्रहरीले मिर्चैया नगरपालिका – ९ ढोडनाका २५ वर्षीय दिपककुमार मण्डललाई पक्राउ गरेको छ ।

घर नजिकैको बारीमा पिसाब गर्न गएको बेला शुक्रबार बेलुका मिर्चैया नगरपालिका –९ ढोडनाका २५ बर्षीय दिपक कुमार मण्डल र १९ वर्षिय श्यामकुमार महराले मुख थुनेर जबरजस्ती गरिरहेको बेला स्थानीयबासिन्दाले पक्राउ गरी मण्डललाई प्रहरीमा बुझाएका हुन् ।

पक्राउ परेका मण्डललाई जवरजस्ती करणीको मुद्दा दर्ता गराइएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेश सुवेदीले जानकारी दिनुभयो । फरार महराको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार