वास इकाईका कर्मचारीहरुलाई पूर्ण सरसफाइ र व्यबहार परिबर्तन सम्बन्धी पुनर्ताजगी तालिम

  वास खबर समाचारदाता  897 पटक हेरिएको
🔗
117
Shares

जाजरकोट : वास इकाईका कर्मचारीहरुलाई ३ दिने पूर्ण सरसफाइ र व्यबहार परिबर्तन सम्बन्धी पुनर्ताजगी तालिम दिईएको छ। सबैका लागि दिगो खानेपानी तथा सरसफाइ सुस्वा) आयोजना सहयोग इकाई सुर्खेतको प्राबिधिक सहजीकरण र भेरी नगरपालिका जाजरकोट, नलगाड नगरपालिका जाजरकोट, आठबिसकोट नगरपालिका रुकुम पश्चिम र सानिभेरी गाउँपालिका रुकुम पश्चिमको संयुक्त आयोजनामा तालिम दिईएको सुस्वाका वास संयोजक रबिन्द्र बिक्रम शाहीले जानकारी दिनुभयो।

उहाँका अनुसार पुनर्ताजगी तालिममा जाजरकोट र रुकुम पश्चिमका गरी ४० जना स्थानीय स्रोत व्यक्ति, सामाजिक परिचालक, वास संयोजक र वास सहजकर्ताहरुको उपस्थिती रहेको थियो ।

तालिम कार्यक्रमको समापन समारोहमा भेरी नगरपालिकाका नगरप्रमुख चन्द्र प्रकाश घर्तीले पूर्ण सरसफाइ सबैको सरोकारको विषय भएकाले यसको संस्थागत कार्यान्वयन र परिचालनमा नगरपालिका दृढ रहेकोमा जोड दिनुभयो ।

उहाँले सबै स्थानीय सरकार, रास्ट्रसेवक कर्मचारी र सरोकारवालाहरुले इमान्दार र अनुशासित पूर्वक सरसफाइका क्षेत्रमा काम गर्नुपर्ने बताउनुभयो । मेयर घर्तीले सुस्वा आयोजनालाई आगामी बर्षहरुमा थप कार्यक्रम संचालनका लागि आफ्नो नगरपालिका र संघीय सरकारसम्म समेत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


समापन कार्यक्रमा बोल्दै सबैका लागि दिगो खानेपानी तथा सरसफाइ (सुस्वा) आयोजनाका डेपुटी टिम लिडर मान बहादुर बिकले आगामी आर्थिक बर्षमा पनि सुस्वा आयोजनाले स्थानीय तथा संघीय सरकारसँगको सहकार्यमा पूर्ण सरसफाइको कार्यक्रमलाई पालिकाव्यापी अवधारणा अन्तर्गत सन्चालन हुने कुरामा जोड दिनुभयो ।

फोटोहरु : रबिन्द्र बिक्रम शाही/सुस्वा

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार