ग्लोबल साउथ WASH Financing & Sustainability Conference सुरु, विभिन्न प्राविधिक सत्रहरु हुँदै (Video)

  वास खबर सम्बाददाता  168 पटक हेरिएको

काठमाडौं : ललितपुरमा आजदेखि ‘ग्लोबल साउथ WASH Financing & Sustainability Conference 2026’ सुरु भएको छ ।

सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सेवामा देखिएको विश्वव्यापी वित्तीय अन्तर घटाउने उद्देश्य खानेपानी मन्त्रालय सँगको सहकार्यमा सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल ९सोफेन० र ध्ब्ँइल् ले संयुक्त रुपमा आयोजना गरेको हो। आजदेखि सुरु भएको सम्मेलन अप्रिल ३ तारिखसम्म सञ्चालन हुनेछ।

सम्मेलनमा इथोपिया, सेनेगल, मदगास्कर, मालभी, बंगलादेश, जिम्बाबे, भारत, युगाण्ड, अहम्दाबाद लगायत देश तथा शहरहरुबाट आएका विभिन्न संघसंस्थाहरुको सहभागिता रहेको छ।

तीन दिने सम्मेलनले खानेपानी, सरसफाइ र स्वच्छता (WASH) क्षेत्रमा देखिएको लगानी अभाव, खर्च दक्षता, दीर्घकालीन दिगोपना तथा ठूला परियोजनामा वित्तीय पहुँच विस्तारका उपायहरूमा गहन छलफल गर्ने सोफेनका अध्यक्ष सरद प्रसाद अधिकारीले जानकारी दिनुभयो। ध्ब्क्ज् क्षेत्रमा रहेको वित्तीय तथा खर्च अन्तरलाई सम्बोधन गर्दै दीर्घकालीन र प्रभावकारी सेवा सुनिश्चित गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको अध्यक्ष अधिकारीले बताउनुभयो।

तीन दिन सम्मको सम्मेलमा

1.Technical Session – Public Leadership, Decision Making and WASH Financing

  1. Technical Session – Market Linkage, Blended Finance and Private Sector Solution for WASH Services
  2. Technical Session – Climate and Disaster Resilient WASH Services Financing,
  3. Technical Session – Urban WASH System Innovation, Affordability and Sustainability
  4. Technical Session – Stregthening Governace Through WASH
  5. Urban WASH System Innovation, Affordability and Sustainability सँग सम्बन्धित विभिन्न प्रस्तुतीकरणहरु हुनेछन्।

कार्यक्रमको उदघाटन सत्रमा खानेपानी मन्त्रालयका सचिव विश्वबाबु पुडासैनी, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, UN-Resident Co-ordinator Alice Akunga, Sanitation and Water for All (SWA) का पोलिटिकल एडभाइजर Balwanta Godara ले उदघाटन मन्तव्य व्यक्त गर्नुभएको थियो।

उदघाटन सत्रमा के-के भएको थियो ? क -कसले के – के भन्नुभयो ? यसबारे विस्तृतमा यो भिडियो हेर्नुहोस् ।

विश्व बैंक र GWSP (2024) को तथ्यांक अनुसार, विश्वभर सुरक्षित WASH सेवा हासिल गर्न वार्षिक १४० अर्ब अमेरिकी डलर बराबरको वित्तीय अभाव रहेको छ। त्यसैगरी, दक्षिण एसियाले वार्षिक ४.७ अर्ब डलर खर्च गरिरहेको भए पनि ९ गुणा वृद्धि गर्दै ४०.८ अर्ब डलर आवश्यक पर्ने देखिएको छ। त्यस्तै, न्यून आय भएका देशहरूले ०.८ अर्ब डलर मात्रै खर्च गरिरहेका छन्, जबकि ४२ गुणा बढी अर्थात् ३२.५ अर्ब डलर आवश्यक रहेको उल्लेख छ।

अझै चिन्ताजनक पक्ष के छ भने, बजेट विनियोजन भए पनि WASH बजेटको औसत २८ प्रतिशत रकम खर्च हुन नसक्ने अवस्था रहेको छ। औसत कोष उपयोग दर ७२ प्रतिशत मात्रै रहेको तथ्यांकले स्रोत परिचालनमा दक्षता अभावलाई देखाएको छ।

सम्मेलनमा WASH परियोजना वित्तीय व्यवस्थापन तथा कार्यान्वयन, वित्तीय अवरोध र समाधान, बजार पहुँच, मिश्रित लगानी (Blended Investment), उद्यमशीलता, जलवायु उत्थानशील नवप्रवर्तन, समावेशी लगानी, लागतयुक्त रोडम्याप, परियोजना म्याच–मेकिङ, अन्तरक्षेत्रीय सहकार्य तथा राजनीतिक–नीतिगत प्रतिबद्धता जस्ता विषयमा विशेष छलफल हुने अध्यक्ष अधिकारीले बताउनुभयो।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार