काठमाडौ : कुनै गाउँ, टोल, गाउँपालिका वा नगरपालिकालाई खुला दिसामुक्त घोषणा गरेपछि पूर्ण सरसफाइ कार्यक्रम कार्यान्वयन गर्नुपर्छ । पूर्ण सरसफाइ कार्यक्रम कार्यान्वयनका विभिन्न चरणहरु छन् ।
ती सबै चरण पूरा गरेपछि मात्र आफ्नो गाउँटोल, गाउँपालिका वा नगरपालिकालाई पूर्ण सरसफाइ उन्मुख अवस्था घोषणा गर्न सकिन्छ । खानेपानी तथा ढल निकास विभागको वातावरणीय सरसफाइ शाखाले पूर्ण सरसफाइ कार्यान्वयन प्रक्रियाका खाका तयार पारेको छ ।
१. समन्वय समितिको सक्रियता बृद्धि एवं स्थितिको पुनरावलोकन
- जिल्ला, नगरपालिका र गाउँपालिकामा आमभेला आयोजना गर्ने ।
- नयाँ सरोकारवालाहरुको पहिचान र संलग्नता बढाउने ।
- खुला दिसामुक्त अवस्थाको पुनरावलोकन गर्ने
- जिल्ला, नगरपालिका र गाउँपालिका स्तरीय समन्वय समितिको पुनर्गठन र सक्रियता बृद्धि गर्ने ।
- वडा र विद्यालय सेवा क्षेत्रस्तरको समन्वय समितिको निर्माण गर्ने ।
- पूर्ण सरसफाइ प्राविधिक समूहको गठन गर्ने ।
२. तथ्याङ्क संलकन, अवस्था विश्लेषण तथा वास योजना कार्ययोजना तर्जुमा
- जिल्ला, गाउँपालिका तथा नगरपालिकामा सरसफाइ सम्बन्धी तथ्याङ्क संकलन, अवस्था विश्लेषण गर्ने ।
- पूर्ण सरसफाइ सम्बन्धी सोच र दायराको विकास गर्ने ।
- जिल्ला, गाउँपालिका, तथा नगरपालिकाको वास योजना रणनीति, कार्ययोजना तर्जुमा गर्ने ।
३. अभियान प्रबद्र्धन तथा कार्यक्रम कार्यान्वयन
क. सफ्टवेयर (सचेतना र क्षमता अभिबृद्धि गर्ने)
- विभिन्न तहका समन्वय समितको अभिमुखीकरण गर्ने ।
- क्षेत्र, जिल्ला, गाउँपालिका तथा नगरपालिकामा प्रशिक्षक प्रशिक्षण एवं अभिमुखीकरण तालिम सञ्चालन गर्ने ।
- गोष्ठी, सेमिनारर सम्मेलन आयोजना गर्ने ।
- स्थानीय नियम, आचार संहिताको विकास र परिपालना ।
बानी व्यवहार विकास सञ्चार र ट्रिगरिङ गर्ने । - विभिन्न तह र क्षेत्रसँग छलफल, अन्तरक्रिया र सहमति निर्माण गर्ने ।
- सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने ।
- सरसफाइ सप्ताह, मेला, महोत्सवमा प्रदर्शनी आयोजना गर्ने ।
- घरदैलो कार्यक्रम र आम सञ्चारसँग सहकार्य गर्ने ।
- सडक नाटक, कविता, चित्रलेखन, गीत तथा दोहोरी गीत प्रतियोगिता, पर्चा र पम्प्लेट वितरण गर्ने ।
- प्रौढ कक्षा मार्फत स्वच्छता प्रबद्र्धन गर्ने ।
- स्थानीय रुपमा उपयुक्त हुने अन्य क्रियाकलाप सञ्चालन गर्ने ।
ख) हार्डवेयर (भौतिक संरचना निर्माण)
- घरायसी चर्पीको मर्मत र स्तरोन्नति गर्ने ।
- सार्वजनिक स्थान, बजार, राजमार्ग, धार्मिक तथा व्यापारिक स्थानमा पानी सहितको प्रयोगकर्तामैत्री शौचालय व्यवस्थापन गर्ने ।
- घर, विद्यालय, स्वास्थ्य चौकी, सरकारी लगायतका संस्था र कार्यालयहरुमा पानी सहितको शौचालयको व्यवस्थापन गर्ने ।
- घरायसी, सार्वजनिक तथा संस्थागत निकायहरुमा साबुन पानीले हात धुने स्थान र सामग्रीहरुको उपलब्धता र महिनावारी व्यवस्थापन समेतको सुविधाको व्यवस्था गर्ने ।
- पानीको पहुँच र खानेपानीको सुरक्षा योजना लागु भएको वा पानी शुद्धीकरण गर्ने कुनै घरायसी विधिको उपलब्धता भएको ।
- घर, समुदाय, विद्यालय तथा बजार क्षेत्रमा सड्ने नसड्ने फोहोरमैला व्यवस्थापन गर्ने सामग्री उपलब्धता भएको ।
- घरायसी सरसफाइ प्रबद्र्धन गर्नका लागि भाँडा सुकाउने चाङ, फोहोर व्यवस्थापन गर्ने खाडल र करेसाबारी व्यवस्थापन भएको ।
- घर, समुदाय तथा नगरमा सुन्दरता प्रबद्र्धन गर्नका लागि फूलबारी र बगैंचा निर्माण भएको ।
- प्रशोधन सहितको ढल प्रणाली निर्माण भएको ।
४. पूर्ण सरसफाइको अनुगमन, स्वघोषणा प्रमाणीकरण
- सूचक सहसूचकहरुलाई आधार मानी अवस्थाको विश्लेषण अनुगमन गर्ने ।
- पूर्ण सरसफाइका आधारभूत सूचकहरु पूरा भएको, नभएको वा तत्काल हुने अनुगमन, स्वघोषणा प्रमाणीकरण
- दिगोपना र व्यवस्थापनको सुनिश्चितता
- निरन्तरताका लागि कार्ययोजना, अपनत्व, जिम्मेवारी र पृष्ठपोषण
- पूर्ण सरसफाइमा योगदान पु-याउने व्यक्ति, संघसंस्थालाई सम्मान र पुरस्कार
- सरसफाइ उन्मुख अवस्था


3016 पटक हेरिएको 

