खानेपानी र सरसफाइ तथा जलवायु परिवर्तन सम्बन्धी तालिम काठमाडौमा

  वास खबर सम्बाददाता  417 पटक हेरिएको
🔗
91
Shares

काठमाडौं : खानेपानी र सरसफाइ तथा जलवायु परिवर्तन सम्बन्धी तीन दिने तालिम काठमाडौंमा सञ्चालन भइरहेको छ। CAWST को सहकार्यमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले तालिम आयोजना गरेको हो।

भोलिसम्म सञ्चालन हुने तालिममा विभिन्न सरकारी निकाय, गैरसरकारी संस्था तथा शैक्षिक संस्थाबाट १५ वटा संस्थाका २१ जना वास क्षेत्रमा कार्यरत जनशक्तिको सहभागिता रहेको छ।

तालिममा सहभागीहरूले जलवायु परिवर्तनले खानेपानी, सरसफाइ तथा स्वच्छता सेवामा पार्ने प्रभावबारे समग्र बुझाइ विकास गरिरहेका छन्। साथै जलवायु उत्थानशील खानेपानी तथा सरसफाइ समाधानहरू डिजाइन गर्ने व्यावहारिक सीप, प्रविधि र उपायहरूबारे ज्ञान हासिल गर्दै आफ्ना–आफ्ना संस्थागत सन्दर्भमा कार्यान्वयन गर्न सकिने रणनीतिहरूको खोजी गरिरहेको एन्फोका तालिम प्रशिक्षक शोभा रानामगरले जानकारी दिनुभयो।

तालिमले वास क्षेत्रमा जलवायु परिवर्तनका चुनौतीलाई सम्बोधन गर्न सक्षम जनशक्ति विकास गर्दै दिगो तथा प्रभावकारी सेवा प्रवाहमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार