संयुक्त अनुगमन तथा अध्ययन भ्रमण: स्वास्थ्य संस्थामा WASH सेवाको प्रगति मूल्याङ्कन

  वास खबर समाचारदाता  214 पटक हेरिएको
🔗
24
Shares

सुर्खेत: कर्णाली प्रदेशमा सञ्चालित WASH in Health Care Facility Project अन्तर्गतका गतिविधिहरूको प्रभावकारिता, प्रगति तथा सिकाइ आदान–प्रदानका लागि संयुक्त अनुगमन तथा अध्ययन भ्रमण सम्पन्न भएको छ।

युनिसेफ नेपाल र रुकुमेली सामाजिक विकास केन्द्र (RSD) को साझेदारी तथा Republic of Korea को आर्थिक सहयोगमा सञ्चालित परियोजना अन्तर्गतका गतिविधिहरूको मूल्याङ्कन गरिएको हो।

भ्रमणका क्रममा Hyeok Hwang, Yoon Young, Sora Beak तथा कटक रोकाय लगायतका प्रतिनिधिहरूको टोलीले दौलतपुर शहरी स्वास्थ्य केन्द्रनगर अस्पताल सुर्खेतमा स्थलगत अनुगमन गरेको थियो।

अनुगमनका क्रममा स्वास्थ्य संस्थाहरूमा उपलब्ध खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सेवाको अवस्था, सेवा व्यवस्थापन, पूर्वाधारको उपयोग तथा परियोजनाबाट प्राप्त उपलब्धिहरूबारे जानकारी लिइएको थियो। टोलीले स्वास्थ्य संस्थामा सुरक्षित तथा गुणस्तरीय WASH सेवा सुनिश्चित गर्न गरिएका प्रयास, चुनौती तथा सुधारका सम्भावित क्षेत्रबारे पनि छलफल गरेको जनाएको छ।

परियोजना अन्तर्गत स्वास्थ्य संस्थाहरूमा सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता सेवाको पहुँच विस्तार गर्दै सेवा गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ। यसका साथै स्वास्थ्य संस्थामा संक्रमण रोकथाम तथा नियन्त्रण (IPC) लाई सुदृढ बनाउने, सेवाग्राहीमैत्री वातावरण निर्माण गर्ने तथा स्वास्थ्य सेवाको समग्र गुणस्तर सुधार गर्ने कार्यहरू सञ्चालन भइरहेका छन्।

आयोजकका अनुसार यस प्रकारको संयुक्त अनुगमन तथा अध्ययन भ्रमणले साझेदार संस्थाहरूबीच अनुभव, ज्ञान तथा सिकाइ आदान–प्रदानलाई प्रवर्द्धन गर्नुका साथै स्वास्थ्य संस्थाहरूमा गुणस्तरीय WASH सेवा प्रवाहलाई थप प्रभावकारी र दिगो बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार