
बर्दिया : बर्दियाको बाँसगढी नगरपालिकाको वडा नं. ६ स्थित जनप्रिय माध्यमिक विद्यालय परिसरमा विभिन्न जातका फलफूलका विरुवाहरु रोपिएको छ। विश्व वातावरण दिवसको अवसर पारेर आँप, लिची, नरिवल, स्याउ, अम्बा लगायत फलफूलका विरुवाहरु रोपिएको हो।

वडा नं. ६ का अध्यक्ष लालबहादुर क्षेत्री तथा विद्यालय परिवारको सहभागितामा फलफूलका विरुवाहरु रोपिएको विद्यालयका प्रधानाध्यापक सर्भिस शर्माले बताउनुभयो। उहाँका अनुसार विरुवाहरु Terre des hommes (Tdh) Foundation र गेरुवा ग्रामीण जागरण संघको सहकार्यमा सञ्चालित SAFAL (सफल) परियोजना मार्फत उपलब्ध गराईएको हो।

प्रधानाध्यापक शर्माले विश्व वातावरण दिवसका दिन रोपिएको विरुवाहरुको संरक्षणको जिम्मेवारी समेत तोकिएको छ । विद्यालयले विभिन्न समयमा रोपेका फूलका विरुवाहरुले विद्यालय परिसर हरियाली र हराभरा रहेको छ।




फोटोहरु : लोक चन्द्र थापा/WASH Khabar


227 पटक हेरिएको 

