जनता माध्यमिक विद्यालयमा WASH संरचना हस्तान्तरण

  वास खबर समाचारदाता  209 पटक हेरिएको
🔗
20
Shares

सप्तरी : विष्णुपुर गाउँपालिका–१ गौरिपुरस्थित श्री जनता माध्यमिक विद्यालयमा निर्माण सम्पन्न भएको खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) संरचना विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ।

BMZ/VCA/Welthungerhilfe (WHH)र सबल नेपालको सहयोग तथा विष्णुपुर गाउँपालिका र विद्यालयको सहलगानीमा निर्माण गरिएको उक्त संरचना सोमबार आयोजित एक कार्यक्रमबीच औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। संरचना हस्तान्तरणसँगै विद्यालयका विद्यार्थी र शिक्षकले सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छ वातावरणमा अध्ययन–अध्यापन गर्न पाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयमा निर्माण गरिएका WASH संरचनाको दिगो व्यवस्थापन, संरक्षण र प्रभावकारी उपयोगमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले संरचना निर्माणमा सहयोग पुर्‍याउने विकास साझेदार संस्था, स्थानीय सरकार तथा विद्यालय परिवारप्रति आभारसमेत व्यक्त गरेका थिए।

परियोजनाअन्तर्गत निर्माण गरिएको संरचनाको कुल लागत ३८ लाख ३० हजार १ सय ३० रुपैयाँ ९७ पैसा रहेको छ। जसमा BMZ/VCA/WHH तथा सबल नेपालको २२ लाख ५१ हजार ९ सय ५१ रुपैयाँ, विष्णुपुर गाउँपालिकाको १५ लाख ६२ हजार १९ रुपैयाँ ९७ पैसा तथा विद्यालयको १६ हजार १ सय ६० रुपैयाँ योगदान रहेको छ।

विद्यालयमा WASH संरचना निर्माण तथा हस्तान्तरणसँगै विद्यार्थीहरूका लागि सुरक्षित, स्वच्छ र स्वास्थ्यकर शैक्षिक वातावरण सुनिश्चित गर्न महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।

विद्यालय व्यवस्थापन समिति (एसएमसी) की अध्यक्ष सुमिन्त्रा देवी सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्यनारायण यादव प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा सबल नेपालका कोषाध्यक्ष आयुष श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

त्यसैगरी मधेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ, विष्णुपुर गाउँपालिकाका WASH फोकल पर्सन अशोक मेहता तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

तस्बिरहरु : निशा शाह


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार