
काठमाडौं : पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका पूर्व कार्यकारी निर्देशक डा. संजिव बिक्रम राणालाई आफ्नो सचिवालयमा अवैतनिक सल्लाहकार नियुक्त गर्नु भएको छ । अवैतनिक सल्लाहकार भनेको आफ्नो विशेषज्ञता र अनुभवका आधारमा तलब नलिई परामर्श दिने व्यक्ति हो।
डा. राणालाई मन्त्रालय अन्तर्गत खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन सँग सम्बन्धित समग्र गतिविधिमा आवश्यक समन्वय, परामर्श तथा सहकार्य गर्ने जिम्मेवारी सहित सचिवालयमा नियुक्त गरिएको हो।
जनताको मौलिक हकका रूपमा रहेको स्वच्छ खानेपानी तथा सरसफाइ र ढल व्यवस्थापनका क्षेत्रमा मन्त्रालयले सञ्चालन गरिरहेका कार्यक्रम तथा गतिविधिलाई प्रभावकारी बनाउन डा.राणाले खानेपानी तथा ढल व्यवस्थापन विज्ञका रूपमा कार्य गर्न डा. राणालाई नियुक्त गरिएको जनाएको छ ।
मन्त्री लम्सालले डा. राणाले आफ्नो प्रत्यक्ष निर्देशन र समन्वयमा रही पदीय जिम्मेवारी मर्यादित, व्यवस्थित र इमान्दारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नु भएको छ ।
डा. संजिव बिक्रम राणा खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन क्षेत्रका अनुभवी विज्ञका रूपमा परिचित हुनुहुन्छ । मन्त्रालयले उहाँको विज्ञता नीतिगत समन्वय, प्राविधिक परामर्श तथा क्षेत्रगत सुधारमा उपयोग हुने अपेक्षा गरेको छ।


696 पटक हेरिएको 

