काठमाडौं : Nature For Water भन्ने नाराका साथ खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्ने संघसंस्थाको अगुवाईमा विश्व पानी दिवस देशभर मनाइँदैछ । पानीको उपयोग तथा पानीको स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक बर्षको मार्च २२ तारिखमा यो दिवस मनाइदै आएको छ ।
विश्वभर पानीका स्रोत सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९२ को मार्च २२ तारिख अर्थात् आजकै दिन विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो ।
विश्व पानी दिवसको अवसरमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपालका अध्यक्ष राजेन्द्र अर्याल सँग गरिएको भिडियो वार्ता :


1005 पटक हेरिएको 

