ओडिएफ सम्बन्धी कार्ययोजना बनाउने जिम्मेवारी, स्थानीय तहलाई

महोत्तरी : महोत्तरी जिल्लामा खुला दिसामुक्त घोषणा गर्न बाँकी स्थानीय तहलाई यही चैत्र १६ गतेभित्र खुला दिसामुक्त घोषणा सम्बन्धी कार्ययोजना तर्जुमा गोष्ठी आयोजना गरी प्रभावकारी कार्ययोजना बनाउन स्थानीय तहलाई जिम्मेवारी दिइएको छ ।

महोत्तरी जिल्लाको स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरू सहित बसेको जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकले गोष्ठी आयोजना गरी कार्ययोजना बनाउन सरोकारवालाहरुलाई जिम्मेवारी बाँडफाँड गरी गोष्ठीको व्यवस्थापनको जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई दिइएको हो ।

 

बैठकले खुला दिसामुक्त अभियानको प्रगति समिक्षाका लागि हरेक १५ दिनमा D WASH CC को बैठक स्थानीय तहमै पालैपालो आयोजना गर्ने समेत निर्णय गरेको छ । यसपटक बलवा नगरपालिकामा भएको डीवाससीसी बैठक अर्को पटक रामगोपालपुर नगरपालिकाले आयोजना गर्ने भएको छ ।
डीवाससीसी बैठकले WASH Focal Person का रुपमा सम्बन्धित गाउँपालिका तथा नगरपालिकाका कार्यकारी अधिकृतलाई तोक्ने समेत निर्णय गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार