शान्तिपुर र भुतही पटेर्वामा चर्पी अनुगमन

विनोद महतो, धनुषा : जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससिसि) धनुषाले बटेश्वर गाउँपालिका वडा नं. ५ शान्तिपुर र मिथिला विहारी नगरपालिका वडा नं. १ भुतही पटेर्वामा चर्र्पीको अनुगमन गरेको छ । साविकका शान्तिपुर र भुतही पटेर्वा गाउँ विकास समितिमा निर्माण गरिएको चर्पीको गुणस्तर र प्रविधिको बिषयमा डिवाससीसीले अनुगमन गरेको हो ।

सरकारको सरसफाइ गुरुयोजना २०६८ अनुरुप पहिलो चरणमा एक घर एक चर्पी निर्माण कार्यक्रम अन्तर्गत शान्तिपुरमा १ हजार ६३ घरधुरी र भुतही पटेर्वामा १ हजार १६ घरधुरीमा चर्पी निर्माण भएपछि डिवासीसीले अनुगमन गरेको हो ।

डिवाससीसीले दुवै ठाउँमा २० प्रतिशत घरमा बनेको चर्पी अनुगमन गरेको अनुगमन टोलीले जनाएको छ । अनुगमन पछि देखिएका केही त्रुटी र समस्यालाई सुधार गरी एक हप्तापछि खुला दिसामुक्त क्षेत्र घोषणा गर्न सकिने छलफलबाट निष्कर्ष निकालेको छभ । बटेश्वर गाउँपालिका वडा नं. १ शान्तिपुरका वडा अध्यक्ष शिवकरण यादवले मुसहर बस्तीमा देखिएको कमी कमजोरी चर्पीको समस्या चाँडै समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भुतही पटेर्वाका वडा अध्यक्ष प्रमोद कुमार मण्डलले आफुहरु हप्ता दिनभित्र बन्न बाँकी रहेको चर्पीहरु बनाउन लगाउने र खुल्ला दिसामुक्त घोषणा गर्ने प्रतिबद्धता जनाउनुभयो । साविकको दुवै गाविसमा एसएनभी नेपालको सहयोगमा प्याक नेपालले अभियानको सहजीकरण गर्दै आएको संस्थाका कार्यकारी निर्देशक सुनिल यादवले जानकारी दिनुभयो ।

डिवाससीसीको अनुगमन टोलीमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका होम कुमारी, प्याक नेपालका कार्यक्रम संयोजक संजिव सिंह, सञ्चारकर्मी विनोद कुमार महतो, सुयुकका प्रमोद कुमार यादव, ज्वासका रघुनाथ मिश्र, प्याक नेपालका अजित कुमार यादव, श्याम किशोर यादव, लक्ष्मी कुमार पूर्वे, हरिदेव दास लगायत जनप्रतिनिधी र सरसफाइ अभियन्ताको सहभागिता थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार