पूर्ण सरसफाइको जिज्ञासा मेटाउन गेरुवाबासी पुगे बढैयाताल

🔗
0
Shares

बर्दिया : पूर्ण सरसफाइमा नमुना भनेर नाम मात्र सुन्दै आएको बढैंयाताल गाउँपालिकाको जीपुर, झर्सेला र फूलबारी टोलमा गेरुवा गाउँपालिकाको वडा नं. १, २, ३, ५ र ६ का जनप्रतिनिधि, वडघर, सरसफाइ नमुना टोलका प्रतिनिधि, शिक्षक, बिद्यार्थी, स्वास्थ्य स्वयं सेविका, एरिया को ओर्डिनेटर, सरसफाइ सहजकर्ताहरु सहित ४५ जना गाउँमै पुगे ।

गेरुवा र बढैयाताल गाउँपालिकाका सरोकारवालाहरु बीच भेटघाट गर्ने र सरसफाइमा नमुना समुदाय हेर्ने, सिक्ने, सिकाउने र छलफल गराउने उद्देश्यले यु. एन. हेविटाटको सहयोगमा आई.डि.एस. नेपाल र मायुस बर्दियाले एक्पोजर भिजिटको आयोजना गरेको हो ।

 

 

भ्रमण टोली सबैभन्दा पहिले जीपुर समुदायमा पुगेका थिए । जीपुरको सरसफाइ समितिले गेटमै अबीर र फूलले स्वागत गरेका थिए । घरदैलो गरी पूर्ण सरसफाइका सूचकहरु अवलोकन गरिसकेपछि औपचारिक रुपमा अन्तरक्रियात्मक कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा भ्रमण टोलीको तर्फबाट वडा सदस्य, सरसफाइ नमुना समुदायका अध्यक्ष लगायतले जीपुरमा पाइएका राम्रा र सुधारात्मक पक्ष औल्याएका थिए । प्रमुख अतिथि एवं यु.एन ह्याविटाटका जिल्ला संयोजक विष्णु दवाडीले पूर्ण सरसफाइका माध्यमबाट जीपुरले बर्दिया जिल्लाको शान बढाएकोमा प्रशंसा गर्दै जीपुरको राम्रा कुरा गेरुवामा अवलम्बन गर्न सुझाब दिनुभयो ।

 

जीपुर सरसफाइ नमुना टोल समितिकी अध्यक्ष खुमी थापाले खुशी हुँदै भ्रमण गर्न आएकोमा सबैलाई धन्यवाद दिनुभयो । उहाँले सुरक्षित पानी, पिसाबलाई मलको रुपमा प्रयोग गर्ने पाटोमा अगाडि बढ्ने योजनाका बिषयमा अवगत गराउनु भएको थियो ।

 

जीपुरपछि टोलीले झर्सेला सरसफाइ नमुना टोलको भ्रमण गरेको थियो । झर्सेलाबासीले फूल र अक्षताले भ्रमण टोलीको भव्य स्वागत गरे, त्यसपछि आयोजना गरेको अन्तरक्रियामा पार्वती महतले पूर्ण सरसफाइमा नमुना बन्न गरिएका प्रयासहरु र वर्तमान अबस्थाको बिषयमा जानकारी गराउनु भएको थियो ।

 

भ्रमण टोलीका सदस्यहरुले झर्सेलामा पाइएका राम्रा पक्षहरु र सुधार गर्नुपर्ने पक्षका बिष्यामा जानकारी गराएका थिए । अन्तरक्रिया कार्यक्रममा यु.एन. ह्याविटाटका जिल्ला संयोजक बिष्णु दवाडीले फूलबारी समुदायको सिको गरी आफ्नो टोलमा पनि सरसफाइ अभियान सञ्चालन गरी छोटो समयमा उपलब्धी हासिल जिल्लामा अरुका लागि उदाहरणीय बन्न सफल भएकोमा बधाई दिनु भयो ।

 

अन्त्यमा भ्रमण टोलीले फूलबारी सरसफाइ नमुना टोलको भ्रमण गरेको थियो । भ्रमण पछि आयोजना गरिएको कार्यक्रममा यु.एन. ह्याविटाटका जिल्ला संयोजक बिष्णु दवाडी, आई.डि.एस नेपालका कार्यक्रम अधिकृत माया राम चौधरी, मायुसका सचिव बिर्समान चौधरी, गेरुवा गाउँपालिका वडा नं ५ की सदस्य चन्द्ररुपा कामी, सरसफाइ नमुना टोल लोहागढका अध्यक्ष लौटन चौधरी लगायतले फूलबारी सरसफाइको कारण साँच्चिकै सुन्दर फूलबारी भएको र अब सुरक्षित पानी, महिनावारी हुँदाको स्वच्छता लगायतका सूचक पुरा गरी पूर्ण सरसफाइ उन्मुख अवस्था हासिल गर्न तर्फ लाग्नु पर्ने सुझाब दिएका थिए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार