बैतडी : सात नम्बर प्रदेशको बैतडी जिल्ला पाटन नगरपालिकाको वडा नं.१० लाई पूर्ण सरसफाइयुक्त उन्मुख वडा घोषणा गरिएको छ ।
वडा नं. १० का ४ सय ४७ घरमै पूर्ण सरसफाइका पाँच प्लस एक सुचक पुरा भएपछि वडा नं. १० का वडा अध्यक्ष देवेन्द्र सिह कुँवरको अध्यक्षता तथा जिल्ला समन्वय समितिका उपप्रमुख धन बहादुर वोहराको प्रमुख आतिथ्यमा वडा नं. १० लाई पूर्ण सरसफाइयुक्त उन्मुख वडा घोषणा गरिएको हो ।

पाटन नगरपालिकामा युनिसेफ नेपालको आर्थिक सहयोग तथा भुमेश्वर सामुदायिक विकास संघ खोड्पे बैतडीको आयोजनामा स्कुल वास परियोजना सन्चालन भइरहेको छ ।
घोषणाका क्रममा आफ्नो वडा लाई सफा तथा स्वच्छ नमुना वडा कायम राख्दै पूर्ण सरसफाइका क्रियाकलापहरुलाई निरन्तरता दिने वडाबासीले प्रतिवद्धता जनाएका छन् । उनीहरुले चर्पीको समुचित प्रयोग, साबुन पानीले हात धुने, व्यक्तिगत सरसफाइ, न्यूनतम आवश्यक तथा सुरक्षित पानीमा पहुँच तथा प्रयोग, सुरक्षित खानाको प्रयोग , सफा र स्वच्छ घर, विद्यालय स्वास्थ्य संस्था एवं कार्यालय र वातावरण सफा राख्ने प्रतिवद्धता जनाएका हुन ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख धन बहादुर वोहराले १० नंं. वडालाई पूर्ण सरसफाइ उन्मुख वडामा मात्र सिमित नराखी वडाबासीले आफ्नो बानी व्यवहारमा नै परिवर्तन ल्याउनुपर्ने वताउदै बताउनुभयो ।
पूर्ण सरसफाइयुक्त उन्मुख वडा घोषणा कार्यक्रमका सभापति समेत रहेका वडा नं. १० का अध्यक्ष देवेन्द्र कुँवरले पूर्ण सरसफाइयुक्त वडा घोषणा गर्न सहयोग पु–याउने सम्पूर्णलाई धन्यवाद दिदै पूर्ण सरसफाइका क्रियाकलापहरुलाई निरन्तर कायम राख्न आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा भित्रका विपन्न वर्ग, अपाङ्ग, असहाय, एकल महिला गरी ५७ घरपरिवार लाई प्लाष्टिक बाल्टी वितरण गरेको थियो ।


1029 पटक हेरिएको 

