काठमाडौं : द कोकाकोला फाउन्डेसनले वर्षात्को पानी जोगाउने र जमिनमा पठाउने तेस्रो आयोजना हस्तान्तरण गरेको छ । फाउन्डेसनले सेन्टर फर इन्ट्रिगेटेड अर्बन डेभलपमेन्ट (सिआइयुडी), वाटर एड नेपालसँगको सहकार्यमा तेस्रो रेन वाटर हार्भेस्टिङ र ग्राउन्ड वाटर रिचार्ज प्रोजेक्ट अन्डर प्रिभिलेज्ड चिल्ड्रेन एजुकेसन प्रोग्राम (युसिइपी) सानोठिमी भक्तपुरलाई हस्तान्तरण गरेको हो ।
प्रकृतिको बहुमूल्य स्रोत पानीलाई द कोकाकोला फाउन्डेन्सनले वैधानिक प्रक्रियाले स्थानीयको पहुँच सहज बनाउन सहयोग गर्ने अभियानअन्तर्गत उक्त आयोजना निर्माण गरेको जनाएको छ । फाउन्डेसन र बोटलर्स नेपाल लिमिटेडले टिचिङ हस्पिटल महाराजगन्ज र रानीबारी फरेस्ट क्षेत्रमा पनि रेन वाटर हार्भेस्ट र ग्राउन्ड वाटर रिचार्ज सिस्टम स्थानीय स्तरमा हस्तान्तरण गरिसकेको खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, ‘हामीले शुद्ध पानीको स्रोतलाई व्यवस्थापन गर्न सहयोग गरिरहेका छौँ । निकै दूषित बनेको सहरी क्षेत्रका केही स्थानमा भएका पानीको समस्या समाधानमा हामीले काम गरिरहेका छौँ ।’ उनले सन् २०२० सम्ममा कोकाकोलाले आफूले उत्पादन गर्ने पेय पदार्थमा खर्च गर्ने बराबरको पानी उत्पादन गरिसक्ने दाबी गरे ।
वाटर एड नेपालका हेड प्रोग्रामर कबिरदास श्रेष्ठले भने, ‘अहिलेको समयमा निरन्तर जमिनमुनिको पानीको सतह घट्दो अवस्थामा रहेको छ । वाटर एड नेपालले व्यावसायिक रूपमा रेनवाटर हार्भेस्टिङ र जमिनमुनिको पानी रिचार्ज कार्यक्रम सञ्चालन गरिरहेको छ ।’ ‘रिकभरी एन्ड रिस्लाइन’ कार्यक्रमअन्तर्गत रहेर वाटर एड नेपालले काम गरिरहेको यो आफ्नोआफ्नो ल्यागसिप कार्यक्रम रहेको उनले बताए ।
बोटलर्स नेपाल लिमिटेडका प्रबन्धक निर्देशक पुनित वासर्नेले भने, ‘कोकाकोला कम्पनी यो बुझ्दछ कि पानी एक बहुमूल्य साझा स्रोत हो र हामी नेपालमा पानीको उपलब्धतामा शुद्ध र सकारात्मक योगदानका लागि काम गरिरहेका छौँ । यसैले हामी सामूहिक कार्यका लागि पानीको क्षेत्रमा ठूलो समुदायका लागि काम गर्दछौँ ।


1664 पटक हेरिएको 

